बजेटको विषयलाई लिएर कांग्रेसद्वारा संसद बैठक पुनः अबरोध

0 12

Samsad21काठमाडौं,जेठ १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटको विषयलाई लिएर व्यवस्थापिका संसदको बैठक फेरी अवरुद्ध गरेको छ । आधा घण्टाका लागि स्थगित भएको वैठक सुरु हुनासाथ फेरी अवरोध गरेको हो । आधा घण्टाको स्थगन पश्चात सोमबार बसेको संसदको दोस्रो बैठकमा सभामुख ओनसरी घर्तिमगरले पुन सदनको कारबाही शुरु गरेलगत्तै कांग्रेसका सांसद उभिएर विरोध गरे । उनिहरुले संसदीय मूल्य मान्यता विपरित सदनमा पेश गर्नु अगाडि नै सूचना बाहिर चुहाएको भन्दै बैठक अबरोध गरे।

त्यसपछि सभामुखले कांग्रेसका सांसद रमेश लेखकलाई बोल्न समय दिइन्। सदनमा बोल्दै लेखकले सरकारले पेश गरेको बजेट सदनमा पेश गर्नु पहिले नै बजेटसम्बन्धी महत्वपूर्ण तथ्यांक बाहिर लगेर शेयर बजारमा ठूलो असर परेको बताए।