प्रधानमन्त्रीको सिको गर्दै सिँचाइ मन्त्री-‘अब खेतमा सौर्य उर्जा जडान गरि सोलारबाटै सिँचाइ’

May 30 2016 07:57

Umesh-Yadavकाठमाडौं,जेठ १७ । सिँचाइ मन्त्री उमेशकुमार यादवले चालू आर्थिक वर्षबाटै सौर्य ऊर्जामार्फत सिँचाइको व्यवस्था मिलाउने बताएका छन् । सिँचाइ विभागमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले चालु आर्थिक वर्षबाट नै सौर्य उर्जाबाट सिचाइँको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सिंचाई मन्त्रालयले दैनिक जस्तो लोडसेडिगंको समस्या, पेट्रोलियम पदार्थको महँगाइ तथा त्यो पनि समयमा उपलब्ध हुन नसकेको कारण किसान मार परेको र कृषिमा गरेको लगानी पनि नउठेका भएपनि त्यसलाई ध्यानमा राख्दै नयाँ व्यवस्था गर्न लागेको बताएका हुन् । ‘मधेसका विभिन्न १० ठाउँमा नमुनाका लागि सौर्य ऊर्जाबाट पम्प जडान गरौं, त्यो सफल भयो भने आउने आर्थिक वर्षमै अन्यत्र लागू गर्न सकिन्छ।’उनले भने ।

मुलुकमा हाल झन्डै ७ लाख हेक्टर जमिनमा मात्रै बाह्रैमास सिँचाइ सुविधा उपलब्ध रहेको भन्दै उनले सौर्य ऊर्जाबाट स्यालो र डिप ट्युबवेल जडान गर्दा थप ३ लाख हेक्टर जमिनमा सिँचाइ पुग्ने मन्त्री यादवले दावी गरे ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top