यार्सागुवाले लियो ज्यान

0 6

yarsa-3
बैतडी,जेठ १५। दार्चुलामा यार्सागुवा सङ्कलन गर्दा माथिबाट खसेको ढुङ्गा लागेर एकजना यार्सागुवा संङ्कलनको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार दार्चुला घुसा–४ का २७ वर्षीय लोकेन्द्र धामीको बिहीबार यार्सागुवा सङ्कलन गर्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर ज्यान गएको हो ।

सदरमुकामबाट घटनास्थल धेरै टाढा भएकाले आज घटनाबारे थाहा भएको प्रहरीले जनकारी दिएको छ । योसँगै यार्सागुवा सङ्कलन क्रममा दार्चुलामा दुईजनाले मृत्यु वरण गरीसकेका छन् ।

यसअघि जेठ ८ गते यार्सागुवा सङ्कलन गरेर घर फर्किनेक्रममा पुख्यौली घर बैतडी भई हाल डडेल्धुराको पर्शुराम नगरपालिका बस्दै आएका महेश बोहराको पनि ज्यान गुमायका थियो ।