ललितपुर उप(महानगरपालिकाद्धारा कार्यशाला गोष्ठि आयोजना

May 27 2016 11:48

ललितपुर उप(महानगरपालिकाले जेष्ठ १४ गते निकृष्ट तथा जोखिमपूर्ण श्रममा लागेका बालबालिकाको उद्धार अल्पकालिन व्यवस्थापन तथा पुनस्र्थापना कार्य संचालन सम्बन्धि कार्यविधी २०७३ मस्यौदा विषयमा कार्यशाला गोष्ठि आयोजना गरेको छ । ललितपुर उप महानगरलालिकाका कार्यकारी अधिकृत भरतमणी पाण्डेको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्मा प्रमुख अतिथीका रुपमा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरु, राजनितीक दलका प्रतिनिधीहरु, विभिन्न गैर सरकारी संघ संस्थाका प्रतिनिधीहरु, ललितपुर उप(महानगरपालिकाका वरिष्ठ अधिकारी तथा अन्य कर्मचारीहरु, अन्तराष्ट्रिय श्रम संगठनका अधिकारी, संचारकर्मी आदिको सहभागिता रहेको थियो ।
कार्यक्रमको शुरुवाती सत्रमा ललितपुर उपमहानगरपालिका कार्यकारी अधिकृत भरतमणी पाण्डेले त्यहां उपस्थित सबैमा स्वागत मन्तव्य टक्राउनुहुदै चालु आ.व २०७२।०७३ भित्रमा ललितपुर उप महानगरपालिकाका थप ५ वटा वडाहरु बालश्रम मुक्त रहने कुरा व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रमको अर्को चरणमा ललितपुर उप महानगरपालिकाका वरिष्ठ अधिकृत प्रेम बहादुर थापा र जिल्ला बालकल्याण समिती ललितपुरका बाल संरक्षण अधिकृत नविन चन्द्र घिमीरेले क्रमश हरियो झण्डा अभियान र ललितपुर उप(महानगरपालिका भित्र रहि निकृष्ट तथा जोखिम श्रममा लागेका बालबालिकाको उद्धार अल्पकालिन व्यवस्थापन तथा पुनस्थापना कार्य संचालन सम्बन्धि कार्यविधी २०७३ विषयमा फरक फरक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो
त्यस लगत्तै उक्त कार्यपत्र उपर वृहत छलफल समेत गरिएको थियो । त्यसो त छलफलमा कार्यविधीमा के कस्ता प्रावधानहरु समेट्रनुपर्छ भन्ने सन्दर्भमा सहभागिहरुले आ आफनो राय, सुझाव एवं धारणा राखेका थिए ।
कार्यक्रमको अन्त्य तिर प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले छलफलका दौरानमा उठेका सवालहरु उपर टिप्पणी गर्नुहुदै सुझाव समेत पेश गर्नु भएको थियो । प्र. जि. अ. शर्माले सुझाव पेश गर्ने क्रममा हरियो झण्डा अभियान महत्वपूर्ण अभियान रहेको कुरा औल्याउनुहुंदै उक्त अभियान संचालनका दौरानमा देखिएका चुनौतिहरुलाई चिरेर अगाडि बड्रन सरोकारवालाहरु सदैव सचेत र चनाखो रहनुपर्ने कुरा समेत वताउनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा ललितपुर उप महानगरपालिकाका कार्यकारी अधिकृत भरतमणी पाण्डेले सभा विसर्जन गर्नुहुदै हरियो झण्डा अभियानलाई सफल पार्न ललितपुर उप महानगरपालिका जोडतोडका साथ लागि पर्दै आएको र यो निरन्तर चल्दै जाने कुरा व्यक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top