संसदीय सुनवाइ अब बजेटपछि मात्र सहमति खोजिने

0 3

KP-Oli-Onsari-Sherbahadur-Prachand

काठमाडौं , १४ जेठ । संसदीय सुनुवाइ विशेष समिति गठनबारे प्रमुख तिन दलहरुबीच अझै सहमति हुन सकेन । अब आउदो बजेटपछि मात्र सहमतिको प्रयास हुनेछ ।

सभामुख ओनसरी घर्ती मगरको पहलमा शुक्रबार प्रमुख तीन ठुला दलका नेताहरुको बैठक बसेको थियो ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पुरानो नियमावली अनुसार संसदीय समिति ७५ सदस्यीय बनाउनु पर्ने अडान गरेका छन् । तर, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भने नयाँ संविधान अनुसार १५ सदस्यीय बनाउनु पर्ने कुरा बताउनु भएको छ ।

दलहरु आ(आफ्नै अडानमा रहेपछि अब बजेटपछि छलफल गर्ने भन्दै उठेका छन् । शनिबार संसदमा बजेट पेश हुनेछ ।

नियमावलीको मस्यौदा बनेपनि संसदीय सुनुवाइ समिति गठनबारे सहमति हुन सकेको छैन । संसदीय समिति नबन्दा सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश र न्यायाधीश तथा राजदूतहरुको सुनुवाइ हुन सकेको छैन ।

You might also like More from author