साइक्लोजिकल थ्रिलर अनागत बन्ने

0 18

sexy-actress-priyanka-karki

काठमाडौं । चलचित्र लेटरमार्फत निर्देशनमा सुरु गरेका सम्तेन भुटियाले चलचित्र निर्देशन गर्ने भएका छन् । जुन चलचित्रको सम्पादन पनि उनकै रहनेछ । गर्ने छन् । निर्देशक भुटियाले अनागत साइक्लोजिकल थ्रिलर हुने बताए । चलचित्रमा श्रीमान्को मनमा श्रीमतीको ब्यवहारबाट उब्जिने समस्यालाई देखाइने उनले बताए । आफूले अघिल्ला चलचित्रमा रहेका कमिकमजोरीलाई सुधार्ने प्रयास गरेको उनले बताए ।
चलचित्रमा अर्पण थापा र प्रियंका कार्कीको लिड रोल रहनेछ । अनागतबारे अभिनेता अर्पण थापा भन्छन्, ‘म लक्की ठान्छु आफूलाई कि प्रायः यस्तो फिल्ममा काम गर्न पाउँछु जहाँ अभिनयले नै धानेको हुन्छ फिल्मलाई । यसमा एउटा श्रीमान्को भूमिका निर्वाह गरेको छु र त्यसलाई न्याय गर्ने प्रयास हुनेछ ।’
अनागतबारे नायिका प्रियंका कार्की भन्छिन्, ‘यस्तो किसिमको रोल मेरो लागि पहिलो पनि हो । यसमा मलाई अर्पणजीको श्रीमती कृतिको भूमिकामा देख्न पाउनुहुनेछ ।