ललितपुरको १८ नं वडामा अन्तरकृया सम्पन्न

0 9

IMG_0026

ललितपुर उप–महानगरपालिका द्घारा संचालित बालश्रम बिरुद्घको कार्यक्रम हरियो झण्डा अभियान अन्तरगत गत बिहीवार १८ नं वडा मा एक अन्तरकृया कार्यक्रमको आयोजना गरीएको छ । ललितपुर उप महानगर पालिकाका कार्यकारी अधिकृत भरतमणी पाण्डेको प्रमुख आतिथ्यता माझ सम्पन्न उक्त अन्तरकृया कार्यक्रमा सिवीसका बाल संरक्षण तथा उद्घार अधिकृत प्रदिप डंगोल, वडा स्थित राजनितीक दलका प्रतिनिधी लगाएत वडावासीहरुको उल्लेख्ए संख्यामा उपस्थिती रहेको थियो । उक्त अन्तरकृया कार्यक्रममा वडावासीहरुलाई अभियानको आवश्यकता, महत्व र कार्यक्रमका बिषयमा जानकारी दिलाईएको थियो ।

उक्त अन्तरकृया कार्यक्रमको अन्त्य तिर बोल्नहुदै ललितपुर उपमहानगर पालिकाका कार्यकारी अधिकृत भरतमणी पाण्डेले हरियो झण्डा अभियान सम्पुर्ण नगरवासीहरुको अभियान रहेको हुदा हरेक वडावासीहरु यसलाई सफल पार्न आआफ्नो तर्फवाट आपनत्वबोधका साथ लाग्नु पर्ने बताउनु भयो ।

त्यसैगरी सिवीसका बाल संरक्षण तथा उद्घार अधिकृत प्रदिप डंगोलले कार्यक्रम माझमा बोल्नुहुदै बालश्रम आधुनीक युगको दासताको अर्को रुप भएको कुरा बताउनुहुदै नेपालको बालश्रम निषेधित ऐनले समेटेका कानुनी प्रावधानका संदर्भमा समेत केही प्रकाश पार्नु भएको थियो ।