फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको विभत्स हत्या

0 7

नवलपरासी,जेठ १३ । नेपालका स्टार स्टाइगर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीमगर मृत अवस्थामा फेला परेकी छिन् । नवलपरासी बर्दघाट–८ पञ्चनगरमा रहेको आफ्नै घरमा मनिषा मृत भेटिएको प्रहरीले जनाएको छ । घर्तीकी आमा काम विशेषले बुटवल गएको बेला उनी घरमा एक्लै रहेकी थिइन् ।

प्रहरीले प्रारम्भिक जानकारी अनुसार उनको घाँटीमा कालो दाग भेटिएको र अन्य विषयमा अनुसन्धान भइरहेको छ । यो हत्या नै वा अरु नै भन्ने विषयमा अनुसन्धान भइरहेको नवलपरासीका डिएसपी अर्जुन रानाभाटले जानकारी दिएका छन् । यतिबेला विमल घर्तीमगर भने बेल्जियममा रहेका छन् । १७ वर्षीया मनिषा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन्।