फिफाको निर्देशनपछि बर्खास्त पदाधिकारी पुर्नबहाली गर्दै एन्फा

0 10

काठमाडौं,जेठ १२ । अन्तराष्ट्रि क्रिकेट परिषद आई सी सी ले क्रिकेट संघ नेपाल क्यानलाई विवादित साधारणसभा कै कारण आई सी सी ले क्यानलाई प्रतिबन्ध लगाएको जनाएको छ । आई सी सी का प्रमुख कार्यकारी अधिकृत डेभिड रिचर्डशनले क्यानका निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दलाई पठाएको पत्रमा क्यान माथि राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेप पनि प्रतिबन्धको एउटा कारण भएको जनाईएको छ ।

नेपाली क्रिकेटको आन्तरीक समस्याका विषयमा आई सी सी का उच्च पदाघिकारीहरुले सम्बोधन गरेको यो पहिलो घटना हो । आई सी सी को पत्रमा विवाद समाधानका लागि दुवै क्यानका पदाधिकरीहरुले आई सी सी संग सहकार्य गर्नु पर्ने उल्लेख गरिएको छ । यसैगरी पत्रमा विवाद समाधान नहुँदा सम्म नेपाली राष्ट्रिय क्रिकेट टिम र नेपाली क्रिकेटको व्यवस्थापन आई सी सीले प्रत्यक्ष रुपमा गर्ने पनि उल्लेख गरिएको छ ।