एमाले विवाद छताछुल्ल : नेपाल पक्षको छुट्टै भेला राजधानीमा जारी

0 11

काठमाडौं,जेठ १२ । एमालेमा केपी ओली र माधव नेपाल समूहबीचको तीव्र मनमुटाव फेरि सतहमा आएको छ । संगठनात्मक कार्यशैलीलाई लिएर दुई पक्षबीच झगडा चुलिएको हो । झन्डै एक महिनाअघि राजधानीको एक पार्टी प्यालेसमा मदन भण्डारी फाउन्डेसनको आयोजनामा एमालेको केपी ओली समूहले आफूनिकटको भेला गरेको थियो । ओली समूहको उक्त भेलाप्रति तीव्र असन्तुष्टि जनाएको नेपाल समूहले मंगलबार राजधानीकै एक पार्टी प्यालेसमा मदन भण्डारी अध्ययन केन्द्रको आयोजनामा त्यस्तै भेला ग¥यो ।

बुधबारसम्म चल्ने भेलामा यसअघि ओली समूहले गरेजस्तै जिल्ला जिल्लाका झन्डै तीन सय अगुवा प्रतिनिधि सहभागी थिए । उक्त समूहको भेलामा वरिष्ठ नेता झलनाथ खनालपनि सहभागि थिए । पार्टीभित्रको असन्तुष्टि जुनसुकै बेला विस्फोटको रुप लिन सक्ने अवस्थामा रहेको भन्दै प्रधानमन्त्री ओलीलाई चेतावनी दिए ।

पार्टीमा गम्भीर अविश्वासमात्र होइन, अनुचित काम भइरहेका छन्, नेता नेपालले भने, ‘पार्टीभित्र ठूलो असन्तुष्टि छ, कुन बेला विस्फोट हुन्छ थाहा छैन । ’ आजको कान्तिपुर दैनिकमा दुर्गा खनाल लेख्छन् –