जनता बैकले माछापुच्छ्रे बैकसँग गोँभीने प्रक्रिया टुटे पछि

0 5

काठमाण्डौ,जेठ ८ । जनता बैकले माछापुच्छ्रे बैकसँग गोँभीने प्रक्रिया टुटे पछि आफ्नै चुक्ता पूँजी पु¥याउने योजना मा बैकले चुक्ता पँुजीको ५० प्रतिशत अर्थात १०० कित्ता बराबर ५० कित्ता २ः१० अनुपातमा हकप्रद शेयर प्रदान गर्ने निर्णय गरेको छ । माछापुच्छ्रे बैकसँग गाँभीन   प्रक्रिया नमीलिएपछि जनता बैक आपैले चुक्ता पूँजी ठुलोपार्नको  लागि यो निर्णय गरेको हो ।

हाल यती बेला बैँकको चुक्ता पूँजी २ अर्ब ६ करोड रुपैयाँ रहेको छ भने ५० प्रतिशत हकप्रद शेयर जारी गरेपछि यस बैँकको चुक्ता पूँजी ३ अर्ब ९ करोड पुग्ने भएको छ । बैकले यही जेष्ठ ३० गते साधारण सभा राख्नेभएको छ भने अधिकृत पूँजी १० अर्ब बनाउने प्रस्ताव साधारण सभामा लैजाने तयारी गरेको छ ।

उक्त सभामा बैकको  सञ्चालक समितिले १९ प्रतिशत प्रवर्धक शेयरलाई साधारण शेयर बनाउने प्रस्ताव समेत राखेको छ । जनता बैकमा हाल ७० प्रतिशत प्रबर्धक शेयर र ३० प्रतिशत साधारण शेयर रहेको छ भने प्रस्ताव पास भएमा प्रवर्धक शेयर ५१ प्रतीसत  र साधारण शेयर ४९ प्रतिशत रहने छ ।