अचानक हरायो इजिप्ट एयरको विमान

0 5

पेरिस । फ्रान्सको राजधानी पेरिसबाट काहिराका लागि उडेको भरेको इजिप्ट एयरको विमान हराएको छ । एमएस ८०४ नम्बरको उक्त जाहज मा चालक दलका १० सदस्यसहित ५९ यात्रु बोकेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राडारसँग सम्पर्क टुट्दा विमान पूर्वी भूमध्यसागरको माथि ३७ हजार फुटको उचाईमा उडिरहेको थियो । एक अधिकारीका अनुसार काहिराको स्थानीय समय अनुसार पौने तीज बजेबाट सम्पर्क बिहीन भएको थियो ।

बीबीसीको मौसम अनुसार विमान उडेको क्षेत्रमा मौसम सफानै थियो, जसकारण पनि मौसमले विमानको उडानमा कुनै समस्या पारेको थिएन् ।