अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु हुँदै

0 6

 

‘लुम्बिनी, नेपाल ः भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने मूल नारा

 

काठमाण्डौ, जेठ ६ । अन्तर्राष्ट्रिय बौद्ध गोष्टी आजदेखि राजधानीमा सुरु हुँदैछ ।buddha4
२५६० औँ बुद्ध जयन्तीका अवसरमा हुन लागेको उक्त गोष्ठीको विभिन्न २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरु, भिक्षु/भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता तथा विद्वानको सहभागिता रहनेछ । गोष्ठीको मूल नारा ‘लुम्बिनी, नेपाल : भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने छ । गोष्ठीमा बौद्ध दर्शनसँग सम्बन्धित १८ विदेशी र छ नेपाली गरी २८ विद्वानले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

गोष्ठीमा निस्किएको निष्कर्षबाट बुद्ध जयन्ती समारोह स्थल लुम्बिनीमा घोषणापत्र जारी गरिने छ जसमा अन्तर्राष्ट्रियस्तरको संयन्त्र निर्माणसहित कार्ययोजना प्रश्तुत गरिने छ ।यसैबीच, बुद्ध जयन्तीककै अवसरमा विश्वशान्तिको कामना गर्दै ‘शान्तिका लागि साइकल यात्रा’ अभियान सुरु भएबमोजिम बुधबार साइकल यात्रा सुरु भयो ।

उक्त यात्रामा विश्व साइकल यात्री पुष्कर शाहसहित करिब २६० साइकल यात्रीको टोली स्वयम्भू परिक्रमा गरी लुम्बिनी प्रस्थान गरेको छ । त्यस्तै, विदेशबाट आउनुभएका अतिथिलाई पनि साइकल चढाएर प्रदूषणरहित लुम्बिनी बनाउने अभियानमा सहभागी गराइने भएको छ ।

उक्त गोष्ठीको उद्घाटन काठमाण्डौमा आजै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ भने बुद्ध जयन्ती समारोहको लुम्बिनीमा ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

सम्मेलन मूल आयोजक समारोह समितिले विहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिंदै पाहुना आउनेक्रम जारी रहेको बताएको छ ।

साहाभा ः सरल पत्रिका