खुमबहादुरकै लाइनमा शशांक र शेखर

0 4

khum-bdrकाठमाडौं,जेठ ४ । कांग्रेसमा अरूले पार्टीलाइन फलो गर्छन्, कोइराला परिवारले पार्टीको लाइन बनाउाछन् । त्यसैले कांग्रेसमा कोइराला परिवारलाई बोल्ने छुट छ । अरूभन्दा फरक प्रस्तुति, व्यक्तित्व र विचार दिन फरक ढंगले बोल्नुपर्छ भन्ने विश्वास कोइराला परिवारमा छ । त्यसैले, राजनीतिमा सक्रिय पछिल्ला कोइराला (शशांक)ले पनि कांग्रेसको नीतिभन्दा फरक धारणा राख्दै आएका छन् ।

महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेपछि तथा निर्वाचित भएपछि शशांकका विचारहरू प्रखर रूपमा बाहिर आउन थालेका हुन् । तर, हिन्दुधर्मको पक्षमा र संघीयता तथा गणतन्त्रको विपक्षमा उनले पार्टीभित्र निरन्तर आवाज उठाउादै आएका थिए । अघिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि शशांकले केन्द्रीय समितिका सबैजसो बैठकमा आफ्ना भनाइ स्पष्ट रूपमा राख्दै आएका थिए ।

शशांकको विचारमा बिपीको सिद्धान्त नै कांग्रेसको सिद्धान्त हो । बिपीले अन्तिमसम्म पनि गणतन्त्र होइन, संवैधानिक राजतन्त्र । धर्मनिरपेक्षता होइन हिन्दुराष्ट्रको वकालत गर्दै आएका थिए । बिपीले कम्युनिस्टहरूसाग जहिले पनि दूरी बनाए । तर, ०४६ सालमा गणेशमान सिंहले कम्युनिस्टहरूलाई पनि मिलाएर आन्दोलन गरेदेखि नै कांग्रेसले आफ्नो मौलिक सिद्धान्त बिर्सिएको शशांकको मान्यता छ । अझ ०६२/६३ मा आइपुग्दा त कम्युनिस्टहरूकै एजेन्डामा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता मानेर कांग्रेसले बिपीको सिद्धान्त बिर्सिएको उनको विश्लेषण छ । त्यसैले, उनी ग्रहण गरिएको सिद्धान्तबाट कांग्रेसलाई मुक्त गर्न चाहन्छन् ।

हिन्दुराष्ट्र नेपाललाई धर्मनिरपेक्ष बनाउने घोषणा ०६३ सालमा पुर्नस्थापित संसद्ले गरेको हो । त्यतिवेला गिरिजाप्रसाद कोइरालाको विश्वासपात्रका रूपमा कृष्णप्रसाद सिटौला जत्तिकै शेखर कोइराला सक्रिय थिए । तर, उनै शेखर अहिले भन्दै छन्, ‘नेताहरूले डलर खाएर देशलाई धर्मनिरपेक्ष बनाए ।’ ०६२/६३ को आन्दोलनलाई व्यवस्थापन गर्दा आफूलाई अघि सारे पनि सरकारमा जाने वेला सुजातालाई उपप्रधानमन्त्री बनाएकोमा गिरिजाप्रसादसाग उनको दुखेसो थियो । गिरिजाप्रसादको बिरासत न सुजाताले थाम्न सकिन्, न शेखरले बोक्नुपर्ने भयो । त्यसैले उनी स्वतन्त्र छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।