अटेरगार्यो भारतले विराटनगरको फिल्ड कार्यालय हटाउन

0 7

काठमाण्डौ, जेठ ४ ।बिगत वि.सं २०६५ मा कोसी कटानको समयमा उद्योग व्यापारमा सजीलो गरी आवश्यक सुविधा पुर्‍याउन पूर्वका उद्योगपति तथा व्यापारीको आग्रहमा विराटनगरमा भारतीय दूतावासको फिल्ड कार्यालय राखिएको थियो ।

तर, उक्त प्रयोजन सकिएपछि पनि भारतले सो कार्यालय हटाउन अटेर गरेको छ । फिल्ड कार्यालय हटाउन नेपाल सरकारले पाँच वर्षअघि नै दूतावासलाई परिपत्र पठायको थियो ।

परराष्ट्र मन्त्रालयले गरेको परिपत्रलाई वेवास्ता गर्दै भारतले नियमविपरीत पेलेर फिल्ड कार्यालय सञ्चालन गरिरहेको छ ।

कोशी कटानकोे बेला फिल्ड कार्यालय स्थापना गरिएपनि अहीले सो समस्या समाधान भइसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।