सरकार ढाल्ने खेलमा प्रचण्ड–माधव,अर्याल होटलमा गोप्य भेट !

0 8

prachanda-madhav-nepalकाठमाडौं,जेठ ३ । सत्ता समीकरणको खेल सेलाएको ठानिएका बेला एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र एमाओवाद अध्यक्ष पुष्पकमल दााहल प्रचण्डबीच गोप्य भेटघाट भएको छ । शनिबार बिहानै दुई नेताबीच बिहानीको चियासँगै खानेगरी भएको भेटमा मूलतः सत्ता समीकरण र भावी सत्ताको नेतृत्वको विषयमा छलफल भएको स्रोतले दाबी गरेको छ । शुक्रबार राति प्रचण्डले नेता नेपाललाई फोन गरी भेट्ने प्रस्ताव गरेपछि बिहान ६ बजे बानेश्वरस्थित अर्याल होटलमा भेटघाट गर्ने गरी समय तय भएको थियो ।

बजेट आउन लाग्दा प्रचण्डले माधव नेपाललाई भेटेर केही बताउन खोजेको जानकारी पाएपछि शनिबार बिहान अर्याल होटलमा स्वकीय सचिवलाई समेत जानकारी नदिई उनीहरुबीच गम्भीर छलफल भएको थियो ।

स्रोतका अनुसार बजेट भाषण सकिएलगत्तै एमालेको सहयोगमा आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने प्रस्ताव प्रचण्डले राखेका थि । तर नेता नेपालले आफू तत्काल सो विषयमा मौन रहेको जनाउ उक्त भेटघाटमा दिउका छन् । तरुण साप्ताहिकमा खबर छ ।