“नमस्ते नेपाल ” असार ३१ गते देखी नेपाल भर रिलिज हुने ( प्रोमो सहित)

0 25

oioyiyo

(काठमाडौं जेठ ०३ गते ) आउदो असार ३१ गते देखी अल नेपाल एकैसाथ रिलिज हुदै गरेको,सम्पुर्ण छायाङ्कन यूरोपमा गरिएको, द्वारिका उदय प्रोडक्सन र इन्टरनेशनल वल्डवाईड इन्टरटेन्मेन्टको सहकार्यमा राजु शाहको निर्देशन र हास्य कलाकार गोपाल ढकाल “छन्दे ”को सह–निर्देशन रहेको यूरोपका १८ देशका कलाकारहरुद्घारा अभिनित चलचित्र “नमस्ते नेपाल ”छायांकन गर्न चलचित्र यूनिटलाइ ४९ दिन लाग्यो ।

नायक सविन श्रेष्ठ,आना,अनुजा प्रधान,गोपाल ढकाल “छन्दे” श्याम श्रेष्ठ,कमला दाहाल, बन्ड,इबि,सनम कुमार बैराग, नरेन्द्र थापा, म्युजिका खड्का,पार्वति अधिकारी ,दिपन गुरुङ्ग लगायतका कलाकाहरुको अभिनय रहेको यस चलचित्रले बुद्घ,सगरमाथा र गोर्खा रेजिमेन्ट जस्ता विषय वस्तुको उठान गरेको छ ।

“ कमेडी, एक्सन ,र सस्पेन्स थ्रिलरले नेपाली चलचित्रको उचाइलाइ बिदेशसम्म चिनाउने छ ” आवर नेपाल न्युज संगको टेलिफोन सम्पर्कमा हास्य कलाकार गोपाल ढकाल “छन्दे ” ले बताए । उनले अगाडि थपे “ यस चलचित्रमा कमेडीसगै मेरो फरक भुमिका छ , थाहा पाउन दर्शकले हलसम्म पुग्नै पर्छ । ”
“सालाखाला चलचित्रको बजेट महंगो पर्ने देखिए पनि राम्रो टिमवर्क र यूरोपमा रहनुभएका नेपालीहरुको सहयोगले हामीलाइ सस्तो बजेटमा काम गर्न सहयोग पुग्यो । ” निर्दैशक तथा कथाकार राजु शाहले बताउनु भयो ।

यस चलचित्रमा प्रदिपकुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको लगानी रहेको छ । चलचित्रमा बसन्त सापकोटा ,ओम सुनार र रियाज शिवाकोटिको संगीत रहेको छ ।चलचित्रको लागी डा. कृष्णहरि बराल ,दामोदर गौतम ,सैलेन्द्र खनाल ,डा. गोविन्द कुसुमले गीत लेख्नु भएको छ भने गायनमा राजेशपायल राई, शितल मोक्तान , ओम सुनार ,प्रल्हाद तिमील्सिना, मेलिना राई,सुरेश कुमार र अमृता लिम्बु रहनु भएको छ ।