क–कसले प्रयोग गर्न पाउँछन् भिआइपी कक्ष ?

0 10

senaकाठमाडौं,जेठ ३ । मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख, सांसद, सचिवहरूले भिआइपी कक्षबाट ओहोरदोहोर गर्न पाउँछन् । सरकारी हैसियत नभएका ख्यातिप्राप्त व्यक्तिले भिआइपी कक्ष प्रयोग गर्नुपरे सरकारले औपचारिक निर्णय नै गर्नुपर्ने हुन्छ । नेपालका ख्यातिप्राप्त कलाकारले त्यो सुविधा पाउँदैनन् ।

गायक मोहित चौहानले पनि प्रयोग गरेका थिए यसअघि गत मंसिर दोस्रो साता भारतीय रक गायक मोहित चौहानलाई पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष प्रयोग गर्न दिइएको थियो । त्यतिवेला प्रधानसेनापति गौरवशमशेर राणा थिए । उनकै निर्देशनमा गायक चौहानलाई भिआइपी कक्ष प्रयोग गर्न दिइएको थियो । नयाँ पत्रिका दैनिकमा समाचार छ।

You might also like More from author