“कुनै पनि बहानामा विद्यालयको पठनपाठनमा अवरोध नपु¥याइयोस्!” ध्यानाकर्षण

0 10

cccccccc

काठमाडौं जेठ २। बालबालिका शान्तिक्षेत्र तथाबालसंरक्षण राष्ट्रिय अभियान (सीजप) ले विगत एक दशकभन्दा बढी समयदेखि “बालबालिका र विद्यालय शान्तिक्षेत्र हुन्”भन्ने अवधारणामा आधारित रहीबिभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको व्यहोरा जानकारी गराउन चाहन्छौँ । नेपाल सरकारले “विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८”जारी गरी कार्यान्वनमा आईसकेको छ ।

यस निर्देशिकाको मर्म अनुसार विद्यालयलाई बन्द नगराउने र बालबालिकालाई दलगत राजनीतिमा प्रयोग नगर्ने विषयमा प्रमुखराजनीतक दलका शिर्षहरूले नै प्रतिवद्दता जनाएको अवस्था विद्यमान छ । यस निर्देशिकाको कार्यान्वयनका लागि बालअधिकार तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरकारी, गैरसरकारी निकाय लगायत शिक्षक र अभिभावक सङ्घ सङ्गठन, युनियनहरू तथा राजनीतिक दलहरू र तिनका भातृ संगठनहरूले समेत प्रतिबद्धता जाहेर गरिसकेको अवस्था छ विद्यालयको पठनपाठनमा कुनै पनि किसिमको अवरोध नहोस् भन्ने उद्देश्यका साथ नेपाल सरकार, शिक्षा मन्त्रालयले नेपालको सम्पूर्ण विद्यालयलाई शान्ति क्षेत्रको रूपमा घोषणा गरेको आज लगभग पाँच वर्ष भई सकेको छ ।विश्व समुदायले नेपालमा सम्पन्न यो सकारात्मक अभ्यासलाई प्रसंशाको दृष्टिले हेरेको छ र कतिपय मुलुकमा यसको प्रतिरूप उतार्ने प्रयत्नहरू पनि भएका छन् ।

विडम्बना स्वरूप हाम्रै देशमा विद्यार्थीहरूमा प्रत्यक्षप्रभाव पर्ने गरी बिभिन्न बहानामा विद्यालय बन्द गर्ने तथा पठन पाठनमा नकारात्मक असर गर्ने खालका गतिविधि हुने क्रम रोकिएको छैन । यो दौरानमा विभिन्न पक्षहरूबाट अनेक बहानामा बारम्बार विद्यालय बन्द गर्ने गतिविधि भईरहेका छन् । यसै सन्दर्भमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, बहालवाला शिक्षामन्त्री गिरिराजमणी पोखरेल, कृषिमन्त्री हरिबोल गजुरेल र सिञ्चाईमन्त्री उमेश यादव लगायत बिभिन्न सरोकारवाला निकायका पदाधिकारीहरू उपस्थित अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलन गर्नका लागि मिति २७ वैशाष २०७३ का दिन बर्दिबास स्थित देउराली उच्च मा.वि.को भवन तथा चौर प्रयोग गरी बालबालिकाको पठनपाठन गर्न पाउने अधिकारको गम्भीर उल्लंघन भएको पाइयो ।

यसरी शिक्षामन्त्रि नै उपस्थित भई गरिने कार्यक्रममा विद्यालयलाई नै प्रयोग गरिनु र बालबालिकालाई सिकाईको अवसरबाट वञ्चित गरिनु कत्तिको उचित हो ? यस्ता कर्मले हामी लज्जावोध गर्दै क्षेभ पनि व्यक्त गर्दछौँ । यसर्थ, यस्ता कार्यक्रमहरु सञ्चालनगर्दा बालबालिकाको पक्षबाट पनि सोचिदिन, कार्यक्रममा विद्यालय निर्विवाद रूपमा सञ्चालन गर्न रोकतोक नगर्न आग्रह गर्दै विद्यालय बन्दगरी सभा लगयत बिभिन्न कार्यक्रमको आयोजना गर्नुका सट्टा वैकल्पिक माध्यम अपनाई दिन सवीनय स्मरण गराउँदछौँ। राजनीतिक दलहरूलाई आदर्श नैतिकता र आप्mना प्रतिबद्धताप्रति पूर्ण जिम्मेवार हुँदैविगतमा राष्ट्र र जनता सामू गरेका प्रतिवद्दताबाट पछि नहट्न योअभियान जोडदार आग्रह गर्दछ ।