अन्तत: फुट्यो वैद्य माओवादी,एमाओवादीसँग पार्टी एकता गर्ने निर्णय,वैद्य हटाइए

0 6

baidhya-and-badalकाठमाडौं,जेठ १ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी औपचारिक रुपमा फुटेको छ । माओवादीका चार समूहले मोहन वैद्यविनै पार्टी एकताको कोर्स अगाडि बढाउने औपचारिक निर्णय गरेका हुन् । नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा पार्टी एकताको निर्णय गर्न शनिवार बसेको वैठकले जेठ ५ गते एकता गर्ने निष्कर्ष निकालेको हो ।

प्रचण्ड नेतृत्वको एमाओवादीसँग एकता रामबहादुर थापा बादलको नेतृत्वमा बहुमत सदस्य, मातृका यादवको नेकपा माओवादी, मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्दको नेकपा माओवादीका केही केन्द्रीय नेताहरूबीच सहमति भएको थियो । वैद्य माओवादीको १९९ सदस्यीय केन्द्रीय समितिमध्ये बादल पक्षका १३० जना सदस्यहरु आजको बैठकमा सहभागी थिए । वैद्यलाई अन्तिम समयसम्म एकताका लागि मनाउने प्रयास गरे पनि सफल नभएपछि बादल पक्षले।एकताको निर्णय गरेको हो ।

बादल पक्षले वैशाख २८ गते नै पार्टी एकताको निर्णय गर्ने तयारी गरे पनि अध्यक्ष मोहन वैद्यलाई मनाउन अन्तिम प्रयास गर्न भन्दै आजसम्मका लागि बैठक स्थगित गरेको थियो । तर, वैद्यलाई मनाउने अन्तिम प्रयास पनि असफल भएपछि बादल पक्षका केन्द्रीय सदस्यहरुले एकताको निर्णय गरेका हुन् ।