ललितपुर नगर नमुना बालश्रम लक्षित मुक्त नगर

0 10

 

hariyo jhanda ===2
काठमाडौं जेष्ठ १ । बालबालिकालाई कुनै पनि काममा नलगाउ भन्ने नाराका साथ नगरलाई बालश्रम मुक्त नगर निर्माण गर्ने उद्धेश्यले ललितपुर नगरपालिकाले २०७१ देखि एउटा शसक्त अभियान प्रारम्भ गरि निरन्तर अभियान चलाएको छ । हालसम्म वडा नं २१ लाई बालश्रम मुक्त वडा घोषडा भैसकेको छ । चालु आ।व। मा १३, १४, १६, १८, २० वडाहरुमा उक्त अभियान चालु रहेको छ ।
यस पवित्र नमुना अभियानमा सबै परिवार, समुदाय, प्रतिष्ठान, टोल, समाज, नगरवासी, निर्माण, होटल, यातायात,व्यावसाहिहरु, सरकारी गैरसरकारी संघ संस्था, संचार जगतको सहयोग आवस्यक महत्वपूर्ण रहेको उप महानगरपालिकाका कार्यकारी अधिकृत भरतमणी पाण्डेले बताउनु भयो ।

यसै सन्दर्भमा २०७३।१।२७ गते वडा नं १३, १४, १६, १८, २० वडाहरुका वडा सचिव, सामाजिक परिचालक लगायत समाजका सम्बन्धित व्यक्तिहरुको संलग्नतामा कार्यशाला गोष्ठि सम्पन्न भयो । उक्त गोष्ठिमा ललितपुर उप महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरतमणी पाण्डेले सहभागिता र प्रतिबद्धताका लागि सबैलाई धन्यवाद दिदै सहकार्य गर्न आव्ह्वान गर्नुभयो । उहांले भन्नुभयो राजनीतिक दलको प्रतिबद्धताले हौसला थपेको छ ।

श्रम कार्यलयका प्रतिनिधी शिव रेग्मी ले हालसम्मका कार्यहरु अवगत गराउनुका साथै नगरपालिकाको अभियानमा सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।आई एल ओ का योजना राष्ट्यि संयोजक विपिना शर्माले संस्था तथा महासन्धिका बारेमा जानकारी दिदैंंं हरियो झण्डा अभियानलाई प्रबर्द्धन गर्ने कार्यमा सहकार्य गर्ने र नारा मात्रै होइन कार्य गर्नु पर्ने धारणा व्यक्त गर्दै आगामि दिनमा पनि रहेका छन भन्दै संस्थाको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Untitled-3===

ILO का विपिना शर्माले संस्था तथा महासन्धिका बारेमा जानकारी दिदैंंं हरियो झण्डा अभियानलाई प्रबर्द्धन गर्नु पर्ने धारणा व्यक्त गर्दै आगामि दिनमा पनि उपमहानगरपालिकासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्योग वाणिज्य संघ का प्रतिनिधि बिरेन्द्र श्रेष्ठले बालबालिका श्रममा कसरी लागे र दोष कस्को विश्लेषण गरी स्रोतबाटै रोक्नु पर्ने र आफनो संस्थाको तर्फबाट न्युन आय भएका विधार्थिलाई छात्रवृत्ति उपलब्ध गराईदै आएको र आगामि दिनमा पनि सहयोग र सहकार्य गर्नेै ‌ऐक्यबद्धता व्यक्त
गर्नुभयो।