नयाँ ट्राफिक जरिवाना कार्यान्वयन अन्योल

0 6
 traffic

काठमाडौं,जेठ १ । शनिबारदेखि लागू हुने भनिएको नयाँ ट्राफिक जरिवाना कार्यान्वयन अन्योलमा परेको छ । गृहमन्त्री शक्ति बस्नेतले शुक्रबार नयाँ जरिवाना कार्यान्वयन नहुने बताएपछि नयाँ जरिवाना लागू गर्न ट्राफिक प्रहरी अन्योलमा परेका छन् । यातायात व्यवसायी तथा मजदुरसँगको छलफलमा गृहमन्त्री बस्नेतले नयाँ जरिवाना लागू नहुने बताएका हुन् । तर प्रहरी प्रधान कार्यालयले १ जेठदेखि सोंधित यातायात व्यवस्था ऐन अनुसार जरिवाना लागू गर्न सर्कुलर गरिसकेको छ ।

गत असोजमा नै सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरिएकोमा ट्राफिक प्रहरीले पछि मात्र जानकारी पाएपछि लागू गर्न लागेको हो । ज्यादै न्यून जरिवाना कारण सडकमा अराजकता र दुर्घटना बढेको भन्दै ऐन संशोधन गरेर जरिवाना न्यूनतम पाँच सय रुपैयाँ बढाइएको थियो । आजको नयाँ पकिा दैनिकमा खबर छ ।