वैद्यले गरे केन्द्रीय समिति बैठक फेरी स्थगित (विज्ञप्तीसहित)

0 5

13233302_1063582640355316_1523165274_n

काठमाडौं,बैशाख ३१ । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी फुट्ने पक्कापक्की भएको छ । एकताका लागि प्रचण्ड र बादल लगायतका नेताले वैद्यलाई कुरिरहेको बताईरहेका बेला वैद्यले एकीकृत माओवादीसँगको एकता अस्वीकार गरेका छन् ।

वैद्य माओवादीको पछिल्लो बैठकको मूख्य एजेन्डा नै एमाओवादीसँग एकता रहदै आएपनि वैद्यले पटक पटक केन्द्रीय समिति बैठक पनि अनिश्चितकालका लागि स्थगित गर्दै आएका छन् । बादल समूहको दबाबपछि जेठ १ गते बस्ने भनिएको केन्द्रीय समिति बैठक पनि अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

यस अघि चैत्र २८ मा वैद्यले एक महिनाका लागि केन्द्रीय समिति वैठक स्थगित गरेका थिए । एक महिना वैठक स्थगित गरेर एकता प्रक्रिया रोक्न खोजेको भन्दै बादल समूहले भिन्दै तयारी गरेको थियो । वैठक स्थगित गर्दै नेता रामबहादुर थापा बादलले एकताका लागि एकीकृत माओवादीसँग गरेको १२ बुँदे सहमतिलाई वैद्यले कथित भनेका छन् ।

यसअघि वैद्यले बादलले आफूलाई थाहै नदिई जनवादी केन्द्रीयताको मान्यता विपरित तथा अनधिकृत रुपमा एकीकृत माओवादीसँग साँठगाँठ गरेको आरोप पनि लगाएका थिए । । एकताको बिषयलाई लिएर यी दुईपक्षबीच लामो समयदेखि विवाद हुदै आएको छ । आफुसँग अल्पमत हुने भएका कारण वैद्यले केन्द्रिय समिति नै स्थगित गरेर बसेका छन् ।

उक्त बैठक महासचिव राम बहादुर थापाले बैशाख २८ गतेका लागी आव्हान गरिएपनि वैद्यले भने थापाले आव्हान गरेको बैठकमा नजानका लागी एक विज्ञप्ती नै जारी गर्दै सार्वजनिक अपिल गरेका छन् । थापापक्षले भने अब बैठकमा अध्यक्ष वैद्य नआए उनलाई पार्टीबाट कारवाही गर्दै एमाओवादीसँग औपचारिक एकता प्रक्रिया अघि बढाउने तयारी गरेको थियो ।

महासचिव बादल सहितका बहुमत तथा मुख्य नेताहरु एमाओवादीसँग एकताको पक्षमा छन् भने स्वंयम वैद्य भने तत्काल एकताको पक्षमा छैनन् । केन्द्रिय समितिमा १९१ मध्य १३० भन्दा बढी केन्द्रिय सदस्य थापाको पक्षमा रहेको र आफुसँग अल्पमत हुने भएका कारण वैद्यले केन्द्रिय समितिको स्थागित बैठक पुनस् बोलाएका थिएनन् ।