फ्रास्ट ट्रयाक हत्याउन भारतीय एजेण्ट काठमाडौमा, को-को बने मतियार ?

0 3
 fast-track

काठमाडौं,बैशाख ३१ । लामो समयदेखि चर्चा र परिचर्चाको शिखरमा रहेको काठमाडौँ तराई मधेस द्रूत मार्ग सरकार आफैले निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रममा समावेश भएपछि त्यसलाई असफल बनाउन एउटा गिरोह सक्रिय रुपमा लागेको छ ।

उक्त गिरोहको फिल्ड कमाण्डरमा विमलेन्द्र निधिलाई नियुक्त गरिएको छ । निधि पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत हुन् । काँग्रेस सभापति शेरबहादुर देउवाले द्रुत मार्ग नेपाल सरकार आफैले बनाउने विषय भएपनि त्यसले भारतीय लगानीकर्तालाई डुबाउने, उनीहरुको भावनामा चोट पु¥याउने भन्दै अनिष्ट प्रभाव पर्ने बताउँदै आएका छन् आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

सरकारको नीति तथा कार्यक्रमकै घालमेलमा संसदीय नियमावली पारित गर्न सघाउने र सोही समयमा सरकार मौन बसेर विदेशीलाई सो आयोजना दिने , विदेशीमा पनि भारतीय कम्पनीलाई नै दिनुपर्ने देउवाको भनाइ थियो ।

भारतीय कम्पनीलाई नै द्रुत मार्ग बनाउन दिनुपर्छ भन्नेको खास कारण भने भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीको विशेष हालत रहेको छ । भूकम्प पीडितको त्रिपाल खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीको दायरामा ल्याउनुपर्ने भएपनि कार्कीलाई कुनै कारवाही गरिएको छैन ।