नेपालमा नक्कलीकै लर्को, डाक्टरदेखि इन्जिनियर र पाइलटसम्म नक्कली  

May 07 2016 07:05

pilotकाठमाडौं,बैशाख २५ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २४ माघ २०७२ मा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा काम गरिरहेका १२ जना डाक्टर पक्राउ गर्यो। त्यसको तीन महिनापछि महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली इन्जिनियरको प्रमाणपत्र बनाउने गिरोहसहित १० इन्जिनियरलाई नियन्त्रणमा लियो।

केही समय नबित्दै सीआइबीले बुधवार नक्कली प्रमाणधारी एक पाइलटलाई पक्राउ गरेको छ। सीआईबीले विशेष सूचनाको आधारमा नक्कल प्रमाणपत्र पेस गरी हवाई उड्डयनमा काम गरीरहेका पाइलटको खोजी कार्य अघि बढाएको थियो। नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा सीआईबीले करिब ७० पाइलटको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गरिरहँदा नक्कली प्रमाणित भएको एकजना पाइलटलाई बुधवार सार्वजनिक गरेको हो।

स्वास्थ्य, हवाई उड्डयन र निर्माण यातायातजस्तो सर्वसाधारणको जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्रमै कत्तिसम्म खेलाँची हुँदो रहेछ भन्ने नमुना हुन् उल्लिखित घटनाहरु। यसअघि सवारी चालक अनुमतिपत्र लाइसेन्सदेखि सरकारी छाप तथा लेटरप्याड किर्ते गर्नेहरुलाई मात्र प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो।

तर पछिल्लो पटक डाक्टर, इन्जिनियर र पाइलटकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली फेलापरेपछि आफ्नो अनुसन्धानको दायरा फराकिलो बनाएको सीआईबीका प्रहरी नायब उपरीक्षक डीआईजी नबराज सिलवाल बताउँछन्। राजधानी दैनिकमा समाचार छ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top