प्रचण्डले देखेनन् आफैंका लागि खनिएको खाडल,माओवादी सिध्याउने भारत र कांग्रेसको रणनीति

0 8
 काठमाडौं,बैशाख २३ । भारतीय हस्तक्षेपका विरूद्धमा राष्ट्रिय स्वाधिनताको आन्दोलन भन्दै ६ दिने आम हड्ताल गरेको एकीकृत माओवादी अन्तत भारतकै योजनामा काम गरिरहेको खुलासा भएको छ ।
नेपालको राष्ट्रिय स्वाधिनतामाथि भारतले हस्तक्षेप गरेको भन्दै प्रधानमन्त्री पद समेत त्यागेका एमाओवादी अध्यक्ष प्रचण्डले यतिवेला भारतीय योजनामै प्रधानमन्त्री बन्ने सपना देख्न थालेका छन् । फलस्वरुप केपी ओली नेतृत्वको सरकार बन्न नदिन र बनेदेखि नै त्यसर्ला ढाल्ने भारतीय योजनाका महत्वपूर्ण गोटी प्रचण्ड बनेका छन् ।
प्रचण्डलाई नै प्रयोग गरेर भारतले ओली सरकार ढाल्न सफल हुने निश्चित देखिएको छ । भारतले आफ्नो ईच्छा अनुसारको नेपालको संविधान बनाउन चाहेको र त्यो नभएपछि लामो नाकाबन्दी समेत गरेको सर्वविधितै छ । संविधानमाथि भारतले हस्तक्षेप गरेको बताउँदै आएका प्रचण्ड अहिले भने भारतसँग नै त्वम् शरणम गरेका छन् ।
जनयुद्ध कालमा समेत भारत विरूद्ध सुरूङ युद्ध गर्ने चेतावनी दिने प्रचण्ड भारतकै सुरक्षामा निगरानीमा सुविधा सम्पन्न घरमा बस्दै आएका थिए । भारतले नै बाह« बुँदे सहमति गराएर माओवादीलाई मुलधारमा ल्याइदिएको थियो । तर, भारतीय इच्छा अनुसार प्रचण्डले काम नगरेपछि भारत र प्रचण्डको दुरी बढेको थियो ।
उनी प्रधानमन्त्री बन्दा राज्यसत्ता कब्जा गर्ने रणनीति अख्तियार गरे भने भारतका प्रिय पात्र रूपमाङ्गत कटुवालसँग पौठेजुहारी खेले । प्रचण्ड र कटुवालको द्धन्द्धमा कटुवालले भारतीय सुरक्षा निकायमार्फत् प्रचण्डलाई हराउन सफल भए । त्यसपछि प्रधानमन्त्रीबाट बर्खास्त हुनुपरेको पीडाले प्रचण्डले भारतलाई गाली गर्ने क्रम जारी रह्यो ।
फेरी यतिबेला आएर भारत र प्रचण्डको कनेक्सन बलियो बनेको देखिएको छ । भारतले प्रचण्डलाई त्यति बेसरी नरूचाएपनि ओली सरकार ढाल्नका लागि उनलाई गोटकिो रूपमा मात्रै प्रयोग गरेको देखिन्छ । तर यतिबेला पनि प्रचण्डलाई भारतले जिल्लाराम बनाइदिने त्यत्तिकै संभावना पनि छ । कांग्रेस सभापति शेरबहाद्र देउवा मार्फत् प्रचण्डलाई प्रधानमन्त्री बनाउने लोभ भारतले देखाएपछि प्रचण्ड फुरूङ परेका छन् । ओली सरकार ढालेपछि प्रचण्डनै प्रधानमन्त्री बन्ने निश्चितता भने छैन ।
भारत र अमेरिकाको चाकडिमा रमाउने देउवालाई नै यी शक्तिशाली मुलुकले प्रधानमन्त्रीको पद दिने तयारी गरेका छन् । सरकार ढल्ने वित्तिकै चमत्कारिक भारतीय योजना बाहिर आउने निश्चित छ । सकेसम्म देउवा आफै प्रधानमन्त्री बन्ने, र नसके आफुलाई सभापति बनाउन सहयोग गरेका विमलेन्द्र नीधिलाई प्रधानमन्त्रीको उमेद्वारको रूपमा अगाडी सार्ने देउवाको दाउ छ ।
देउवाको भारतीय कनेक्सनमा समेत नीधिले सहयोग गर्दे आएका छन् । प्धानमन्त्रीको उमेद्वारमा प्रचण्डको विकल्पमा नीधिलाई अगाडी सारेर प्रचण्डलाई अझ तल झार्ने भारतीय खुफीया एजेन्सीको योजना भउको गोप्य स्रोत बताउँछ । प्रधानमन्त्री बन्ने दौडमा समेत प्रचण्ड भन्दा विश्वासिला मानिने भारतीय एजेन्ट नीधिले अगाडी पुग्न सक्ने विश्लेषण गरिएको छ ।
पटक पटक यसरी गोटी बनिरहेका छन् प्रचण्ड नोपाली राजनीतिमा निकै चतुर खेलाडी मानिने एमाओवादी प्रचण्ड अहिले मात्र होइन धेरैपटक भारतीय गोटी बनिसकेका छन् । सुरूमा बोल्ड डिसिजनका नाममा निर्णय लिइहाल्ने अनि पछि यस्तो भयो भनेर पछुताउने उनको पुरानै बानी हो । बाहिर देख्दा निकै राष्ट्रवादी जस्ता देखिए पनि उनी भारतीय पक्षबाट पटक पटक प्रयोग भइरहेका व्यक्ति हुन् ।
२०६२ सालदेखि हालसम्म प्रचण्ड र माओवगादीलाई कमजोर बनाउने भूमिका सबैभन्दा धेरै भारतकै हो । भारतीय योजनामै प्रचण्डले तत्कालिन अन्तरिम मन्त्री परिषदको अध्यक्षमा प्रस्ताव गरेका थिए । जुन कुरामा प्रचण्डले अहिलेसम्म पछुतो मानिरहेका छन् । आफुलाई चतुर सम्झने तर आफ्नै लागि खनिएको खाडल समेत नदेख्ने प्रचण्ड फेरी यतिबेला अर्को खाडलमा पर्ने त होइनन् ?