नयाँ सरकारबारे ज्योतिषको खतरनाक भविष्यवाणी,देशमा झन ठूलो संकट…

0 6

काठमाडौं,बैशाख २३ । सत्ता साझेदार दल एमाओवादीले वर्तमान सरकार परिवर्तन गरी प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णयलाई ज्योतिषहरुले संकटका रुपमा हेरेका छन् । यो निर्णयसँगै अब देशमा झन संकटको अवस्था आउने उनीहरुको अनुमान छ ।

चर्चित युवा ज्योतिष डा. सुनील सिटौलाले अहिलेको अवस्थामा सरकार परिवर्तन भए अथवा नयाँ सरकार निर्माण भए देशमा झन ठूलो दुर्घटना निम्तिने बताए । उनले भने- ‘वैशाखको २० देखि असारको २४ सम्म शुक्र ग्रह अस्तको योग छ । यो बेला कुनै पनि शुभकार्य गरिँदैन् । विहे, व्रतबन्ध, गृहप्रवेश लगायत कुनै पनि शुभकर्म हुँदैन् । झन नयाँ सरकार गठन भनेको त एउटा देशकै लागि हुने शुभकार्य हो ।

अहिलेको योगमा नयाँ सरकार गठन हुनु राम्रो हुँदैन् । यो समय उपयुक्त छैन् ।’ यस्तो बेलामा नयाँ बनाए धेरै समय नटिक्ने उनको भनाई छ । ‘असार मसान्ततिर नयाँ सरकार गठनको लागि उपयुक्त समय देखिन्छ । यदि अहिले बन्यो भने देशको उन्नति होइन्, झनै संकट व्यहोर्नुपर्छ । यसले झन ठूलो दुर्घटना निम्त्याउँछ ।

’ ज्योतिष सिटौलाले अहिले सरकार नफेर्दा नै नेपालको हितमा हुने स्पष्ट पारे । ‘हामीले ज्योतिष शास्त्रले जे देखायो त्यो हुबहुँ भनिएदिएका छौं । कार्यान्वयन गरे भलो नै हुन्छ’ उनले भने- ‘नत्र केही भन्न सकिदैन् ।’ उनले अहिले प्रचण्डको समय खराब स्थितीमा गुज्रिरहेको भन्दै प्रधानमन्त्री बनेमा छिट्टै पद छाड्नुपर्ने अवस्था आउने बताए ।

‘समय नै उपयुक्त छैन् । उपयुक्त समयमा नगरेको कुनै पनि कार्य सफल हुँदैन्, नयाँ सरकार बनेमा स्थिरता झन बढ्ने देखिन्छ’ उनले भने ।