मन्त्रिपरिषदको बैठक स्थगित, आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

0 7

काठमाडौं,बैशाख २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । एकीकृत माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू नआएपछि मन्त्रिपरिषदको बैठक अचानक स्थगित भएको छ ।

प्रतिपक्षी नेपाली कांग्रेस लगायतले संसदमा आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको थियो ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बेलुका छ बजेसम्मका लागि स्थगित गर्नुभएको हो । मन्त्रिपरिषदको बैठक अब बेलुका छ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।