आइपिएल क्रिकेट : गुजरातलाई पछि पार्दै कोलकाता शीर्ष स्थानमा

0 6

एजेन्सी,बैशाख २३ । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा किंग्स इलाभेन पञ्जावलाई सात रनले हराएर कोलकाता शीर्ष स्थानमा उक्लिएको हो । कोलकाताले प्रस्तुत गरेको एक सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जावले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ५७ रन मात्रै बनाउन सक्यो । पञ्जावका ग्लेन म्याक्सवेलले ४२ बलमा ६८, ऋिद्धिमन साहले २० बलमा २४ तथा अक्षर पटेलले सात बलमा २१ रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन । कोलकाताका आन्द्रे रुसेलले चार तथा पियुष चावलाले दुई विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको कोलकाताले तीन विकेटको क्षतिमा एक सय ६४ रन बनायो । उसका लागि रोविन उथप्पाले ४९ बलमा ७०, कप्तान गौतम गाम्भीरले ४५ बलमा ५४ तथा युसुफ पठानले १६ बलमा नटआउट १९ रन बनाए । ९ खेलमा ६ मा विजयी र तीनमा पराजित भएको कोलकाताको १२ अंक छ । समान १२ अंक जोडेको गुजरात लाइन्स रनरेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ । ८ खेलमा दुईमा विजयी र ६ मा पराजित भएको पञ्जाव चार अंकसहित पुछारमा छ ।
unn.com.np