केपी ओलीलाई विस्थापित गर्दै प्रचण्ड, ५ बुँदे सर्त पूरा नगरेको आरोप

0 7

काठमाण्डौ, वैशाख २३ । प्रमुख सत्ता साझेदार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको समर्थनमा सरकार बनाउन निर्णायक कदम चालेपछि सात महिना पुरानो केपी शर्मा ओली सरकारेको बहिर्गमन निश्चितप्राय देखिएको छ।

केही दिनदेखि जारी गोप्य वैठकपछि कांग्रेस सभापति शेरवहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा समर्थन गर्ने आश्वासन दिएका हुन्। उक्त आश्वासनलगत्तै प्रचण्डले ओलीसँग भेटी आफूलाई समर्थन गनै गरेको आग्रहप्रति भने एमालेले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

आफ्नो दाबी प्रस्तुत गरेर प्रचण्डले बाम गणतान्त्रिक सत्ता गठबन्धन विघटनतर्फ उन्मुख रहेको र कांग्रेस तथा मधेसी मोर्चाको समर्थनबाट सरबार बनाउने स्पष्ट संकेत दिएका छन्।

पाँच सय ९८ सदस्यीय संसदमा कांग्रेस, एमाओवादी र मधेसी मोर्चासँग तीन् सय २४ सदस्य छन्।

प्रधानमन्त्रधी ओलीले बहुमत गुमेको अवस्थामा राजीनामा गर्लान् या अन्इ विकल्प खोली गर्लान्, त्यसबारे कुनै स्पष्ट संकेत प्राप्त भएको छैन।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

साभारः सरल पत्रिका