प्रचण्डको नेतृत्वमा सरकार बनाउने लाजिम्पाट वैठकको निर्णय

0 3

prachanda_residance1काठमाडौं,बैशाख २२ । एकिकृत नेकपा माओवादीको पदाधिकारी बैठकको बैठकले पार्टीका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । प्रचण्ड निवास लाजिम्पाटमा बुधबार बिहानै बसेको एमाओवादी पदाधिकारीको बैठकले प्रचण्डको नेतृत्वमा सरकार बनाउने र यसका लागि सबै दललाई सार्वजनिक अपील गर्ने निर्णय गरेको हो ।

ओली सरकारले शान्ति सम्झौताको कार्यन्वयन, पूनर्निमार्ण र जनतालाई राहत हुने गरी सरकार संञ्चालन गर्न नसकेको ठहर सहित संविधानको कार्यान्वयनमा कांग्रेस तथा मधेसवादी दलको समेत सहयोग रहनुपर्ने आवश्यकता सहित एमाओवादी नेतृत्वमा सरकार बनाउने निर्णय गरेको माओवादीका एक स्थायी समिति सदस्यले बताए । आजै ४ बजे स्थायी समितिको बैठक समेत एमाओवादीले बोलाएको छ ।