एकतापछि बाबुरामको पद श्रेष्ठलाई दिने कि बादललाई भन्नेमा विवाद

0 5

badal-nepal-maoistकाठमाडौं, वैशाख २२ । वैद्य र सिपी गजुरेललाई छाडेर एमाओवादीमा फर्कने नेताहरुलाई दिइने जिम्मेवारीका सम्बन्धमा समस्या देखिएको छ । बाबुराम अलग्गिएपछि रिक्त वरिष्ठ नेता पद नारायणकाजी श्रेष्ठलाई दिने कि बादललाई समेट्ने भन्नेमा विवाद छ । प्रचण्डपछि त मै हुँ नि भन्ने बादललाई परेको छ भने बादल महासचिव हुँदादेखि नै आफू सोभन्दा माथि उपाध्यक्षको रुपमा रहिसकेको हुँदा वरिष्ठ नेताको पद आफूले पाउनुपर्ने नारायणकाजीको दावी छ भनेर आजको जनआस्था साप्ताहिकमा खबर छ ।