प्रचण्डलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव

0 4

Prachanda_2009
काठमाण्डौ, वैशाख २२ । सत्ताघटक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई विपक्षी नेपाली कांग्रेसबाट नयाँ सरकारको नेतृत्व गर्न प्रस्ताव आएको बताएका छन् ।

सत्ता नेतृत्वकर्ता एमालेसँग बालुवाटारमा मंगलबार राती अबेरसम्म भएको दुई दलीय बैठकमा दाहालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको जनाउँदै त्यसमा एमालेको धारणा मागेका हुन्।

ुकांग्रेसले आफूलाई संविधान कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारको नेतृत्व लिन प्रस्ताव गरेको छ,ु अध्यक्ष दाहाललाई उदृत गर्दै एमाओवादी सचिव वर्षमान पुनले भने, तपाईँहरु यसमा के गर्नुहुन्छ । आजको नागरिक दैनिकमा समाचार छ ।