चर्चित खेलाडी दीपक विष्टको अनुभूति:-‘विहे गर्दैमा केटीको लाईफ खत्तम हुदैन’

0 8

Deepak-Bista

काठमाडौं । सुदुरपश्चिमको एउटा विकट गाउँमा जन्मेका दीपक विष्ट र काठमाडौंको रैथाने परिवारकी छोरी आयशा शाक्य । उमेरको अन्तराल १० वर्ष । आयशा जन्मिँदा दीपक गोरुको पुच्छर निमोठ्दै हलो जोत्ने भइसकेका थिए । कालान्तारमा दुबै तेक्वान्दोका राष्ट्रिय खेलाडी बने । ६ वर्षसम्म छुपारुस्तम जसरी प्रेम गरे र फिल्मी स्टाइलमा बिहे गरे । ‘मैले हाम्रो विवाहको यथार्थ कथा मैले धेरै कम व्यक्तिलाई सुनाएको छु, मिडियामा आज पहिलोपटक भन्दैछु,’ भन्दै दीपकले आफ्नो प्रेमकथा यसरी सुनाएः

त्यो फुच्ची केटी

आयशालाई पहिलोपटक भेट्दा म तेक्वान्दोको राष्ट्रिय खेलाडी बनिसकेको थिएँ । साउथ एसियन गेममा स्वर्णपदक जितिसकेपछि एकजना गुरुले मलाई एकजना गुरुले पाटन डोजाङमा निरीक्षण गर्न बोलाउनुभो । त्यहाँ तेक्वान्दो सिकिरहेकामध्ये एउटी फुच्चीलाई मैले विशेष नोटिस गरेँ, किनकि उनी अरुभन्दा निकै फुर्तिलो किक हानिरहेकी थिइन् ।

ती फुच्चीसँग मेरो दोस्रो भेट करिब ५ वर्षपछि मात्र भयो । उनी राष्ट्रिय टीममा छनोट भएपछि । त्यतिबेला राष्ट्रिय टीममा भित्रिएका नयाँ खेलाडीहरुमध्ये पनि उनी सबैभन्दा फुच्ची थिइन् । पुराना खेलाडीमध्ये म सबैभन्दा जुनियर । सिक्ने र सिकाउने क्रममा विस्तारै फुच्चीसँग मेरो ‘ट्यूनिङ’ मिल्यो । एक दिन खेल्दाखेल्दै सोधेँ, ‘नाम के हो तिम्रो ?’ उनले जवाफ दिइन्, आयशा शाक्य । मान्छे ‘क्युट’ थिइन् नै, नाम पनि ‘क्युट’ लाग्यो ।

रंगशालामा फक्रेको प्रेम

म शंखमूलबाट साइकल चढेर रंगशाला जान्थेँ । उनी पनि साइकलमा आउँथिन् । सुरुका केही दिनसम्म त मैले ख्याल गरिनँ । एक दिन रंगशालाबाट फर्किँदा उनलाई मेरै पछि-पछि आइरहेको देखेँ । साइकल रोकेर सोधेँ, ‘तिमी कहाँ हो ?’ उनले जवाफ दिइन् शंखमूल । अनि सोधिन्, ‘तपाईंको नि ?’ मैले पनि जवाफ दिएँ, ‘मेरो पनि शंखमूल ।’ दुबै खित्किताउँदै हास्यौं ।

त्यो दिनपछि हामी रंगशालाबाट सँगै फर्किन थाल्यो । म ढिला हुँदा उनी मलाई पर्खिन्थिन् । उनको ढीला हुँदा म उनलाई पर्खिन्थेँ । यो पर्खाइले हामी दुवैका लागि अमूल्य थियो । उनी मलाई पर्खेर बसेको देख्दा म पुलकित बन्थेँ । कहिलेकाहीँ जानाजान धेरै बेर पर्खाइदिन्थेँ । अलि दिनपछि हामी घरबाट पनि सँगै आउन थाल्यौं । उनी म बस्ने घर बाहिर आएर घन्टी बजाउथिन्, अनि म निस्किन्थेँ । एवं रीतले छोटो समयमै हामी घनिष्ठ साथी भयौं ।

बिस्तारै, म उनलाई बढी ध्यान दिन थालेँ । केयर गर्न थालेँ । उनले पनि मलाई विशेष व्यवहार गरेको अनुभूति हुन थाल्यो । उनले पिटाइ खाँदा माया लाग्थ्यो । उनलाई घाउचोट लाग्दा आफैंलाई दुखेजस्तो हुन्थ्यो । लडिन् भने उठाएर बोक्न मन लाग्थ्यो । जब उनी अरुसँग भिड्थिन्, म उनले जितेको हेर्न आतुर बन्थेँ । कुनै दिन उनी आइनन् भने मलाई तालिम गर्नै मन लाग्दैनथ्यो । सारा उर्जा लोप हुन्थ्यो । उनी अरु केटाहरुसँग जिस्कँदा मलाई चसक्क हुन्थ्यो । उनी राम्री थिइन् । उनलाई मन पराउने धेरै थिए । त्यसले मलाई भित्रभित्र डर लाग्थ्यो ।

प्रेमको आगो मभित्र मात्र होइन, उनीभित्र पनि दनदनी बलिरहेको थियो । उनी पनि मलाई स्पेसल केयर गर्थिन् । उनका आँखाले छिनछिनमा मलाई खोजिरहन्थे । म अरु केटीहरुसँग घुलमिल हुँदा उनको मनमा पनि हलचल हुन्थ्यो । यद्यपि दुवैले आफूलाई आएका प्रेम प्रस्तावहरुका विषयमा एक अर्कालाई सुनाइहाल्थ्यौं । यसबाट विश्वास बढ्दो रहेछ ।

वास्तवमा हामीले लभ गरेको होइन, परेको हो । हिँड्दै जाँदा, बोल्दै जाँदा खेल्दै जाँदा लभ पर्‍यो । हामीले कहिल्यै एक-अर्कालाई प्रेम प्रस्ताव राखेनौं । एकअर्कालाई मन-मुटुले स्वीकारिसकेपछि प्रेम प्रस्ताव राख्नुपर्ने अवस्थै आएन । बिना प्रेम प्रस्ताव हामीले आफ्नो भविष्यको कल्पना गर्न थाल्यौं ।

हामी दुवै आफ्नो करिअरप्रति एकदमै सिरियस थियौं । त्यसैले तालिममा कहिल्यै सम्झौता गरेनौं । तालिमका क्रममा केटा र केटीलाई भिडाइन्थ्यो । मैले बारम्बार मेरी आयशासँग भिड्नुपथ्यो । त्यतिबेला म सबैकुरा बिर्सेर उनलाई प्रहार गर्थेँ । पूरा बलले हिर्काउँथे । उनी पनि कमजोर थिइनन् । मलाई पनि सक्दो चार्ज गर्थिन् ।

म उनलाई सकेजति पिट्थेँ । उनी पछि जिस्किँदै भन्थिन्, ‘केको रिसले पिट्नुभा हो त्यस्तरी ?’

पहिलो दिनबाटै मैले महसुस गरेको हुँ, उनी खेल्नमा एकदम क्रेजी छिन् । मजस्तै । हामीले आफ्नो करिअरलाई ध्यानमा राखेर आफ्नो प्रेमलाई अरुको नजरबाट लुकायौं । राज्यको हामीमाथि लगानी थियो । त्यसैले पनि हामीले खुल्लमखुल्ला रोमान्स गरेर हिँड्न सुहाउँदैनथ्यो । ६ वर्ष लामो अफेयरमा हामी कहिल्यै डेटिङ गरेनौं । डेटिङ जानुपर्ने आवश्यकता पनि परेन किनकि हामी दिनभर रंगशालामा सँगै हुन्थ्यौैं । एक हिसाबले रंगशाला नै हाम्रो डेटिङ स्पट बन्यो ।

तेक्वान्दो खेल्ने क्रममा हामीले धेरैपटक सँगै विदेश भ्रमण गर्‍यौं । कोरियामा ९ महिना सँगै बितायौं । त्यतिबेला दुईपटक अपरेशन भएको मेरो खुट्टाको अवस्था नाजुक थियो । उनी सबैको आँखा छलेर मेरो कोठामा आउथिन् । कोही छैन भने गोडा मालिस पनि गरिदिन्थन् । मलाई हौसला दिन्थिन् । उनको हौसला पाउँदा म बलियो बनेको महुसस गर्थेँ ।

फिल्मी स्टाइलको बिहे
परिवारको जेठो छोरो म । २५-२६ वर्षको भएदेखि बिहेका लागि बुबा-आमाको दबाव सुरु भइसकेको थियो । शुरुका केही वर्ष यत्तिकै टारेँ । ‘केटी खोज्दै गर्नु न’ भनिदिन्थेँ ।

शुरुमा आयशाको विषयमा बताउने हिम्मतै थिएन । किनकि गाउँमा बस्ने मेरा बाबुआमा ‘घर खाने’ खालकी केटी चाहनुहुन्थ्यो । काठमाडौंमा जन्मे-हुर्केकी र गाउँको मुख नदेखेकी आयशाले उहाँहरुले चाहेजस्तो बुहारी बन्ने सक्ने थिइनन् । त्यसैले मैले लामोसमयसम्म उहाँहरुलाई केही भनिनँ ।

‘म घरबाट भागेँ… फलानो ठाउँमा छु… मोबाइल पनि छैन… पसलबाट फोन गरेको… आजै बिहे गर्नुपर्छ,… लिन आउनुस्…’ उनले एकै सासमा भनिन् । म अक्क न बक्क भएँ

हामी दुवैले आफ्नो करिअर एउटा प्वाइन्टमा पुर्‍याएर मात्रै बिहे गर्ने समझदारी गरेको थियौं । मेरो करिअरलाई त बिहेले खासै असर गर्थेन । तर आयशाको करिअरमा फरक पन सक्थ्यो । यद्यपि मैले उनीसँग प्रष्ट भनेको थिएँ, ‘बिहेपछि पनि तिमीले चाहुञ्जेल खेल्न सक्छेउ, म पूर्णरुपमा साथ दिन्छु ।’ मैले आफ्नो वाचा निभाएको पनि छु ।

मैले चारपटक साउथ एसिएन गेममा स्वर्णपदक ल्याएर कीर्तिमान राखेँ । त्यमध्ये एउटामा आयशा र म दुवैले एकैपटक स्वर्ण जित्यौ । सायद हाम्रो जीवनको सबैभन्दा अविस्मरणय सफलता त्यही हो । मैले चौंथो स्वर्णपदक जितेपछि हामीबीच विवाहको विषयमा सल्लाह भयो । त्यतिबेलासम्म मलाई परिवारको दवाव झेल्न गाह्रो भइसकेको थियो भने आफ्नो उमेर पनि छिप्पिँदै थियो । दुबैले एक अर्काको परिवारमा कुरा राख्ने सहमति गर्‍यौं ।

मैले आफ्ना बुबासँग आयशाको कुरा गरेँ । तर, नेवारकी छोरी भनेर उहाँले नाक खुम्च्याउनुभयो । मैले निकै सम्झाएँ । जातपात भनेको केही होइन, मान्छे असल छे, पढेलेखेकी छे भनेर उनका सारा गुणहरुको वर्णन गरेँ । उहाँहरुले गाउँ-समाजको कुरा गर्न थाल्नुभो । मैले भने, ‘समाजका लागि विहे गर्ने कि मेरा लागि ?’ आमाले भने काठमाडौं बस्दा आयशालाई राम्ररी बुझ्नुभएको थियो । आयशाको शीलस्वभाव मन परेकाले जात नमिले पनि उहाँ सकारात्मक नै हुनुहुन्थ्यो । अन्तमा बुवा पनि कन्भिन्स हुनुभयो ।

यता आयशाको परिवारमा भने स्थिति जटिल बन्यो । उहाँहरु जातप्रति एकदमै कट्टर हुनुहुन्थ्यो । तैपनि हिम्मत गरेर मेरो विषयमा कुरा गरिछन् । उहाँहरु आगो हुनुभएछ । आफ्नो जातको नभएको र उमेरको अन्तर धेरै भएकोमा उहाँहरुको आपत्ति थियो । आयशाको बुवाले कुनै हालतमा मसँग बिहे हुन नदिने जवाफ दिनुभएको आयशाले मलाइ सुनाइन् । हाम्रो प्रेममा एकाएक भयंकर विपत्ति आइलाग्यो ।

आयशाको घरमा पहिले म बाक्लै जान्थेँ । उनको बुबाआमाले मलाई सम्मान गर्नुहुन्थ्यो । तर, प्रेमको विषयमा थाहा पाएपछि आयशाको बुबाआमाको मप्रति व्यवहार बदलियो । म घरमा जाँदा उपेक्षा गर्न थाल्नुभयो । आयशालाई मसँग भेट्दै नभेट्न चेतावनी दिनुभयो । तर आयशाले नटेरेपछि उनलाई घरभित्रै नजरबन्द गरियो । मोबाइलसमेत चलाउन दिइएन ।

एक दिन, दुई दिन होइन १५ दिनसम्म उनी घरभित्र थुनिइन् । ती १५ दिन मेरा लागि नर्क बराबर भए । उनलाई नदेख्दा एक दिन पनि बिताउन नसक्ने अवस्थामा पुगेको म १५ दिनसम्म भेटघाट र कुराकानी नहुँदा पागल जसरी तड्पिएँ । न खान रुच्थ्यो न निद्रा पथ्र्यो । उनको हालत के होला भन्ने लाग्थ्यो । एक मनले त फिल्मी स्टाइलमा घरबाटै भगाइदिउँ कि जस्तो पनि भयो । तर, ढिलो चाँडो उनको बुवाआमा तयार हुनुहोला भन्ने आशा लिएँ ।

एक दिन उनी कसैगरी घरबाट निस्केर रंगशाला नजिक आइछन् । मलाई फोन गरेर बोलाइन् । म हाम्फाल्दै पुगेँ । हामी एउटा रेस्टुरेन्टभित्र पसेर कुनाको टेबलमा बस्यौं ।

‘मलाई भगाउनुस्, परेको म फेस गर्छु,’ उनले मेरो हात समाएर भनिन्, ‘मेरो बिहे हुन्छ भने तपाईंसँगै हुन्छ, नत्र कसैसँग हुँदैन ।’ मैले फिल्ममा सुन्ने गरेको डाइलग आज आफ्नै प्रेमीकाको मुखबाट सुनेँ । के जवाफ दिउँ ? म सकभर उनका बुवाआमालाई सहमतिमा ल्याएरै बिहे गर्न चाहन्थेँ । तर, आयशाले भनिन्, ‘मलाई कुनै हालतमा बुवाआमाले तपाईंका हातमा सुम्पनुहुन्न ।’ त्यसपछि मलाई पनि इगो प्रोब्लम भयो । मैले उनलाई भने, ‘ठीक छ, चाँडै केही गर्नुपर्छ ।’

त्यसको पर्सिपल्ट बिहानको ६ बजेको थियो होला । म ओछ्यानमा लडिरहेको थिएँ । मोबाइल भाइब्रेट भयो । अपरिचित ल्यान्डलाइन नम्बर थियो । अल्छी मान्दै उठाएँ । आयशा रहिछन् ।

‘म घरबाट भागेँ… फलानो ठाउँमा छु… मोबाइल पनि छैन… पसलबाट फोन गरेको… आजै बिहे गर्नुपर्छ,… लिन आउनुस्…’ उनले एकै सासमा भनिन् । म अक्क न बक्क भएँ । बुबाआमा कोठामै हुनुहुन्थ्यो । आयशाको घरमा गएर उनको बुबाआमासँग कुरा गराउनका लागि मैले उहाँहरुलाई बोलाएको थिएँ ।

‘ल म आउँछु, तिमी त्यहीँ बस’ भनेर फोन राखेँ । अब फसाद पर्‍यो । उनलाई भगाएर बिहे गर्न म मानसिकरुपमा तयार भएको थिइँन । तर, अब भागि नै सकिन् । कहाँ लैजाने ? टासी भन्ने साथीलाई फोन गरेँ । सबै कुरा सुनाएँ । उसले उसले आयशाका लागि रोयल सिंगे होटलको स्वीट रुम बुक गरिदियो ।

फोन राखेर हिँड्ने तरखर गर्दै थिएँ, ढोका ढकढक गर्‍यो । मन ढक्क फुल्यो । ढोका खोलेँ । आयशाका बुबासहित ३ जना भित्र पस्नुभयो । उहाँ चिन्तित र आक्रोशित मुद्रामा हुनुहुन्थ्यो ।

‘आयशा खोई ?’ बुबाले सोध्नुभयो । मैले केही जवाफ दिन सकिनँ ।

उहाँ कोठा खानतलासी गर्न थाल्नुभो । मेरा बुवा-आमा छक्क परेर हेरिरहनुभएको थियो । म किंकर्तव्यविमूढ बनिरहेको थिएँ ।

‘कहाँ लुकाउनुभएको छ मेरी छोरीलाई ?’ उहाँ कड्किनुभयो ।

‘केही थाहा छैन हजुर’ मैले घोसेमुन्टो लगाएर भनेँ ।

‘पुलिस रिपोर्ट गरौं त ?’ उहाँले घुमाउरो चेतावनी दिनुभयो । म केही बोल्न सकिनँ । उहाँहरु केही नबोली फर्किनुभयो ।

त्यसपछि म हतार-हतार कोठाबाट निस्केँ अनि आयशालाई लिएर रोयल सिंगे होटलमा पुगेँ । हप्ता दिनभित्र बिहे गर्ने हामीले सल्लाह गर्‍यौं ।

‘जेठो छोराको बिहे कति धुमधामले गरौंला भन्ने थियो,’ बुवा कचकच गर्न थाल्नुभयो । म केही बोलिनँ ।

यति हुँदासम्म मैले तेक्वान्दोको सर्कलमा कुनै सुइँको दिइँन । नियमित ट्रेनिङमा जान पनि छोडिनँ । मिडियामा मेरा धेरै घनिष्ठ साथीहरु छन्, उनीहरुलाई पनि केही बताइँन । एक कान दुई कान हुँदै आयशाको परिवारले थाहा पाउलान् भन्ने डर थियो, त्यसैले । सुदूरपश्चिमको साथी भानु देउवालाई भनेँ, ‘अर्जेन्ट बिहे गर्नुपर्‍यो, लौन हेल्प गर ।’

उसले बिहेको चाँजोपाँजो मिलायो । एक दिन आयशालाई लुकाउँदै-छिपाउँदै बजार लगेर गहना र लुगाफाटाहरु किनिदिएँ ।

Deepak-Bista-Marrige

बुढानीलकण्ठ मन्दिरमा हाम्रो विहे भयो, परम्परागत विधिअनुसार । बिहेमा मेरो परिवार, नजिकका आफन्त र केही साथीहरु थिए । आयशाको कोही पनि थिएन । तेक्वान्दोकै एकजना गुरुले उहाँको कन्यादान गरिदिनुभयो ।

बिहे सकिनै लागेको थियो, कता-कताबाट टेलिभिजनको क्यामरा बोकेर एकजना पत्रकार टुपुल्किए । ‘त्यो दीपक विष्ट होइन ?’ ती पत्रकार भन्दै थिए । मैले होइन भन्ने भावमा मुन्टो निहुर्‍याएँ । फेरि उनले भने, ‘त्यो आयशा शाक्य होइन ?’

त्यसपछि पत्रकारले भिडियो खिच्न थाले । जे हुनु भइसकेकै थियो, मैले रोक्न उचित सम्भिmँन । एकैछिनमा टेलिभिजनमा ‘दीपक विष्ट र आयशा शाक्यको बिहे’ भनेर फ्ल्यास न्युज चलिसकेछ । त्यसपछि लगातार मेरो मोबाइलको घन्टी बज्न सुरु भयो । ‘कहिलेदेखिको लभ हो ? हामीलाई किन थाहा नदिएको ? भोज कहिले खुवाउने ?’ यस्तै-यस्तै प्रश्नहरु हुन्थे ।’

बिहे सकेर फर्कँदा गाडीबाटै आयशाले बुबालाई फोन गरिन् ।

‘बाबा, हामीले बिहे गर्‍यौं,’ उनले भनिन् । उहाँले ‘ठीक गरिस्’ भन्दै फोन राखिदिनुभएछ ।

आफ्नो कोठामा साँघुरो हुने भएकाले । मैले आयशालाई अंकलको घरमा भित्र्याएँ । भित्र्याउने बेलामा त मिडिया छ्याप्छ्याप्ती आइहाले ।
दुई दिन अंकलको घरमा बसेर हामी पोखरा गयौं । प्याराग्लाइडिङ स्याराग्लाइडिङ गर्‍यौं । तर, परिवारको चिन्ताले आयशा उदास थिइन् । म पनि दुखी थिएँ ।

उनी बच्चा छोडेर भए पनि जान्छु भन्न थालिन् ।मैले लाख कासिस गर्दा पनि मानिनन् । आयशाको खेलप्रतिको समर्पण र देशका लागि केही गर्ने अठोट वास्तवमै प्रेरणादायी छन् ।

बिहेको दुई-तीन महिनासम्म पनि आयशाको परिवारले खोजखबर गर्नुभएन । छोरीको मन न हो, आयशा साह्रै पिरोलिइन् । त्यसपछि मैले उनलाई माइतीमा पठाएँ । माइतीमा आमा रुनुभएछ । बुवा राम्ररी बोल्नुभएनछ ।

तीन वर्ष यसैगरी बित्यो । उहाँहरुले मलाई ज्वाइँ स्वीकार गर्नुभएन । आयशा बेलाबेला एक्लै माइती जान्थिन् र आउँथिन् ।

तीन वर्षपछि हाम्रो छोरा जन्मियो । छोरा हेर्न बुवाआमा बाहेक उनको परिवारका सबैजना आउनुभयो । नातिको आगमनपछि सायद बुवाआमा पनि धेरै पग्लिइसक्नुभएको रहेछ । त्यही दशैंमा उहाँहरुले आयशालाई फोन गरेर भन्नुभयो, ‘टीका लगाउन ज्वाइँसा’बलाई लिएर आउनू ।’ आयशा खुशीले गदगद् भइन् ।

दशैंमा उहाँहरुले मलाई ज्वाईंका रुपमा सम्मान गरेर भित्र्याउनुभो । दुवै पक्षबीच पुराना कुरा बिर्सिने समझदारी भयो ।

अहिले हामीबीच पारिवारिक स्नेहको वातावरण छ । हाम्रो छोरा मामाघरमा रमाउँछ । बिहान ९ बजे स्कुल पठाइदिन्छौं र हामी तालिममा जान्छौं । स्कुलबाट उ मामाघरमा गएर बस्छ । हामी बेलुका फर्किँदा मामाघरबाट ल्याउँछौं । हामी दुवै परिवारबीच एकदमै सौहार्दपूर्ण सम्बन्ध छ अहिले । सम्बन्ध सुधार भएपछि आयशा निकै खुशी छिन् । मलाई पनि सन्तोष लागेको छ ।

दूधे बच्चा छोडेर कोरिया

आयशाको खेलप्रति ‘प्यासन’ अवर्णनीय छ । बिहेपछि उनले एसियन च्याम्पियनसीप, एसियन गेम, युनिभर्सिटी गेमलगायत थुप्रै प्रतियोगितामा भाग लिएकी छिन् ।

यसबीचमा एसियन गेमको तयारीका लागि कोरिया जाने बेलामा निकै अप्रिय स्थिति आइपर्‍यो । छोरा एक वर्षको मात्रै भएको थियो । म चाहन्थें, कम्तिमा छोराले दूध खाउञ्जेल उनी रेस्टमा बसुन् । तर, आयशा खेलमा फर्किन आतुर थिइन् । जसरी पनि एसियन खेल्ने अठोट थियो उनको ।

आयशाको स्टामिना र इच्छाशक्ति ठूलो छ । सिजरियन गरेर बच्चा जन्माएको भोलिपल्टै उनी ठमठम हिँड्न थालेकी थिइन् । एक वर्षमा त निकै तगडा भइसकेकी थिइन् । तैपनि यति चाँडै खेलमा फर्किँदा जिउले साथ दिँदैन भन्ने मलाई लागेको थियो । उनले जिद्दी गरेपछि डाक्टरकहाँ लिएर गएँ ।

डाक्टरले भन्नुभयो, ‘उहाँ फिट हुनुहुन्छ । खेल्न सक्नुहुन्छ ।’ त्यसपछि त उनी झन् दृढ भइन् ।

एसियन गेमको तयारीका लागि एक महिना कोरिया बस्नुपर्ने भयो । छिनछिनमा आमाको दुख खानुपर्ने बच्चालाई कसरी छाड्ने ? उनले बच्चा लिएर दुबै जना कोरिया जाने प्रस्ताव गरिन् ।

‘तपाईं होटलमा बाबु हेरेर बस्नुस्, म भ्याएका बेला दूध चुसाउन आउँछु,’ उनले भनिन् । यस विषयमा मैले तेक्वान्दोका अधिकारीहरुसँग सल्लाह गरेँ । तर, बच्चासहित मलाई लैजान सहमत हुनुभएन । यो कुरा मैले आयशालाई सुनाएँ । त्यो रात निकै तनाव भयो । उनी बच्चा छोडेर भए पनि जान्छु भन्न थालिन् ।

मैले लाख कासिस गर्दा पनि मानिनन् । रातभरि रोइन् ।

मैले चाहेजस्तै समझदार जीवनसाथी पाएको छु । अहिले मेरो परिवारमा पनि उनीप्रति कुनै गुनासो बाँकी छैन ।

आयशाको खेलप्रतिको समर्पण र देशका लागि केही गर्ने अठोट वास्तवमै प्रेरणादायी छन् । एउटी आमाले योभन्दा ठूलो साहसिक काम के हुन सक्थ्यो । अन्ततः म उनलाई पठाउन तयार भएँ । एक वर्षको छोरा छोडेर उनी मलिन अनुहार लगाउदै कोरिया गइन् ।

आयशा गएपछिका एक महिना मेरा लागि अति पीडादायी भए । छोरो आमा खोजेर रातभरि च्याँच्याँ रुन्थ्यो । म कसैगरी फुल्याउन सक्दिनथेँ । छोरोले आमाको दूध खोज्दा मलाई रुनु झैं हुन्थ्यो । यति सानो बालकमाथि पापै गरेको जस्तो अनुभूति हुन्थ्यो । बेकार जान दिएछु जस्तो भयो । बोतलको दूध खुवाउन प्रयास गर्थेँ । तर, खान मानेन ।

यता बुवाआमाले पनि निरन्तर कराइरहनुहुन्थ्यो, किन बुहारीलाई जान दिएको भनेर । उहाँहरुले त पहिलेदेखि नै सन्तान भएपछि बुहारीले खेल्न छाडोस् भन्ने चाहनुभएको थियो । यसरी म सबैको चेपुवामा परेँ ।

आयशालाई उता त्यस्तै छट्पटी थियो । उनी तारन्तार फोन गर्थिन् । छोरा रोएको र झगडा गरेको कुरा उनलाई सुनाउन सक्दिनथेँ । हरेक दिन स्काइपमा छोराको हाँसेको फोटो पठाइदिन्थेँ । त्यो एक महिना मेरा लागि कुनै युद्ध लडेभन्दा कम भएन ।

deepak Bista 2

विवाह गर्दैमा केटीको लाइफ खतम हुँदैन भन्ने प्रमाण हुन् मेरी आयशा । सन्तान हुँदैमा महिलाको शरीर कमजोर र जीर्ण हुँदैन भन्ने प्रमाण पनि हुन् । उनको हिम्मत, त्याग र खेलप्रतिको समर्पणलाई स्यालुट गर्न मन लाग्छ ।

पक्कै पनि सन्तान भएपछि उनको शारीरिक क्षमतामा अलिकति ह्रास आएको छ । तर, उनको जोश अनि हिम्मत उत्तिकै ताजा छ । उनी अहिले पनि नियमित तालिम लिइरहेकी छिन् । केही समयअघि भारतमा सम्पन्न साग गेममा स्वर्ण पदकको नजिक पुगेकी थिइन् । तर, दुभाग्र्यवस फाइनलमा चौंथो चरणमा पुगेर पराजित भइन् । यदि उनले स्वर्ण पदक जितेको भए अभुतपूर्व उपलब्धि हुने थियो । हरेक आमाहरुका लागि प्रेरणा हुने थियो । तर, अन्तिम क्षणमा उनलाई अलिकतिले चुकिन् ।

समझदार छिन् तर रीस कडा छ

आयशाका गुणैगुणले भरिएकी छिन् त भन्दिँन तर उनका गुणहरु धेरै छन् । सबैसँग विनम्र हुने र मीठो बोल्ने उनको स्वभाव छ । श्रीमती, बुहारी र आमा सबै भूमिकामा उनी पर्फ]{ट छिन् ।

मैले चाहेजस्तै समझदार जीवनसाथी पाएको छु । अहिले मेरो परिवारमा पनि उनीप्रति कुनै गुनासो बाँकी छैन । उनले मेरा बुवाआमालाई माया र सम्मान दिएकी छिन् ।

उनको र मेरो परिवारको कल्चर फरक छ । हामी दुवै एक अर्काको कल्चरलाई सम्मान गछौर्ं । उनी हाम्रो कल्चरमा सजिलै एडजस्ट भइन् । हाम्रो छोराले डोटेली भाषा र नेवारी भाषा दुबै बुझ्न थालेको छ ।

बिहे भएको केही समयपछि धनगढी लगेँ । कहिल्यै गाउँ नबसेको मान्छे भए पनि त्यहाँ उनी खुशीसाथ बसिन् । घरका सबै कामहरु गरिन् ।
हाम्रो बेलाबेलामा ठाकठुक पर्छ । म राति ढीलो आएँ, उनले भनेको काम गरिनँ भने रिसाउँछिन् । रीस उनको कडै छ । झगडा भएर लामै बोलचालै नभएको चाहिँ छैन । उनीमा अलिकति परिपक्वताको अभाव छ । कहिलेकाहीँ केटाकेटीले जस्तो जिद्दी गर्छिन् ।

खेलकुदले सबैथोक दियो

हामीलाई खेलकुदले धेरै थोक दिएको छ । हामीले कमाएको प्रशिद्धी र पैसा यसैको उपज हो । त्यसैले आफ्नो सिंगो जीवन यही खेलमा अर्पण गर्न चाहन्छौं । हामी दुवैको अमेरिकाको भिसा छ ।

चाहेको खण्डमा अमेरिकामा गएर बस्यौं भने मालामाल पैसा कमाउन सक्छौं । तर, हामी आफ्नै देशका निम्ति अझै योगदान दिन चाहन्छौं । एक वर्षपछि सायद आयशाले पनि सन्न्यासको विषयमा सोच्नुपर्ने हुन्छ । त्यसपछि उनी पनि लेडिज प्रशिक्षकका रुपमा काम गर्नेछिन् । तेक्वान्दोको एकेडेमी चलाउने हाम्रो सपना छ । आठौं साफमा स्वर्ण जित्दा आएको पुरस्कार रकमबाट काठमाडौंमा घडेरी जोडेको थिएँ, त्यसमा चाँडै घर बनाउँदैछौं ।

आपसमा भिड्छौं

अहिले पनि म आयशाको कोच हुँ । हामी अहिले पनि तालिमका क्रममा एक आपसमा भिड्छौं । कुटाकुट गर्छौं । त्यतिबेला श्रीमान-श्रीमती हौं भन्ने बिर्सेका हुन्छौं ।

तर, जब आयशा रिङमा उत्रिन्छिन्, मलाई एकदमै औडाहा हुन्छ । अति बेचैन बन्छु । उनले जित्दा सायद उनीभन्दा म बढी खुशी हुन्छु । उनले पिटाइ खाँदा साह्रै माया लागेर आउँछ ।

बिहे नगर्दासम्म मैले आफ्नो यस्तो भावुकतालाई भित्रभित्रै दबाउनु पथ्र्यो । तर, दबाएर के दबिन्थ्यो । उनले जित्नासाथ सबैभन्दा पहिले ‘हग’ गर्न पुगिहाल्थेँ ।
साभार: अनलाईन खबर डटकमवाट