किर्तेगरी जग्गा किन–बेच

0 4

इटहरी, वैशाख २० । जग्गा किर्तेगरी किन–बेच गरेको आरोपमा मोरङ जिल्लाको तेतरियाबाट दुई जनालाई प्रहरीले हालै पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिनामङ्गल काठमाण्डौ मुल घर भएका मोरङको सुन्दरदुलारी –६ निवासी शरद श्रेष्ठ र निजगढ –६ बाराकी रत्नकुमारी लामा रहेका छन् ।
उनीहरुको सग्ंलग्नतामा मोरङको तेतरिया –६ मा रहेको आठ कट्ठा १३ धुर र तीन कट्ठा छ धुर जग्गा जालसाजी गर्दै किनेको प्रहरीको दावी छ । सुन्दरदुलारी –६ कै टङ्नीदेवी चौधरीको नाममा रहेको उक्त जग्गा खाली चेक दिएर उनीहरु आफ्नो नाममा पास गर्न सफल भएका थिए । किनिसकेको उक्त जग्गा पुनः विराटनगर निवासी राजविराज, सप्तरीका अनिल सिंहलाई उनीहरुले बेचिसकेको तथ्यसमेत प्रहरीले फेला पारेको छ ।
किन–बेच नगरी नै आफ्नो जग्गा अरुको नाममा भएको थाहा पाएपछि चौधरीले स्थानीयवासीको सहयोगमा प्रहरी गुहारेकी थिइन् । पक्राउ परेका दोसीलाई म्याद थप गरि कारवाहीका लागि मुद्दा अघि बढाइ सकिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट विभिन्न जग्गाको नक्सा, लालपुर्जा, स्ट्याम प्याडलगायतका सामग्री रामत भएको छ । अन्य ठगीका घट्नामा समेत उनीहरुको संलग्न भएको हुन सक्ने आशङ्कमा उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी हिरासत राखिएको थापाले बताए ।