ज्ञानेन्द्र र बाबुराबीच राजतन्त्र फर्काउने सहमति

0 34

हिन्दू राष्ट्र निर्विवाद ‘एजेण्डा’

काठमाडौँ, वैशाख २० । पूर्वराजा ज्ञानेन्द्र शाह र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच राजतन्त्र फर्काउने सहमति भएको खुलेको छ
भारत भ्रमणबाट शाह फर्किए लगत्तै डा. भट्टराईबीच शनिबार दिउँसो करिब डेढ घण्टा निर्मल निवासमा वार्ता भएको खुलासा भएको हो । जहाँ उनीहरुबीच राजतन्त्र ब्युँताउने र हिन्दू राष्ट्र स्थापना गर्ने सहमति भएको उच्च स्रोतको दावी छ ।
नाम उल्लेख गर्न नचाहेको उच्च स्रोतले सरल पत्रिकासँग भन्यो, “उहाँहरुबीच राजतन्त्र फर्काउने विषयमा गम्भीर छलफल भएको छ, हिन्दू राष्ट्र स्थापना गर्ने त धेरैको ‘एजेण्डा भइहाल्यो, त्यो कुरा त झन् छुट्ने नै भएन नि !”
शाहले विगतदेखि नै डा भट्टराई र आफ्नो लाइन मिलेको सन्दर्भ कोट्याउँदै राजतन्त्रको पक्षमा दृढ भएर लाग्नुपर्नेमा जोड दिएका थिए । जवाफमा डा भट्टराईले शाह र आफूबीच भएको सहमति गोप्य रुपमा राख्नुपर्ने बताएको स्रोतको दावी छ । “उनीहरुबीच जनयुद्धकालदेखि नै करुा मिल्दै आएको हो”, स्रोत भन्छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएलगत्तै हतारिँदै भारतीय भ्रमण गरेका शाहले भट्टराईलाई भेट्नुलाई झन् रहस्यमय विषय बनेको आम चर्चा छ । स्रोतका अनुसार पूर्वराजा शाहले निम्तो दिएपछि डा. भट्टराई भेटघाटका लागि गएका हुन् ।