छेस्कोमा राजनसँग अर्चनाको हट चुम्बन

0 10

Chesko

काठमाडौं । पोर्नस्टार बन्ने सपना बुनेकी अर्चना पनेरुले फिल्म ‘छेस्को’मा नवनायक राजन कार्कीसँग हट चुम्बन दृश्य दिएकी छन् । निर्देशक राजु गिरीको फिल्म ‘जिष्म’बाट नेपाली फिल्ममा डेब्यु गरे पनि फिल्म भित्र लफडा परेपछि उनले उक्त फिल्म छोडेर ‘छेस्को’मा अभिनय गरेकी हुन् ।

एसपिमुभी मेकर र रिच इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्माण भईरहेको फिल्म ‘छेस्को’ले यसअघि नै रिलिज मिति घोषणा गरे पनि फिल्ममा अर्चना राखेर पुनः केही दृश्य छायांकन गरिएको छ । सुरेश थापाले निर्देशन गरिरहेको फिल्ममा सुरज प्रधानको लगानी छ भने उनलाई शंकर कार्कीले लगानीमा साथ दिएका छन् । फिल्मकी प्रस्तुतकर्ता दुर्गा विष्ट हुन् । फिल्ममा राजन र अर्चनासँगै करण श्रेष्ठ ‘क्रेजी’ पनि प्रमुख भूमिकामा छन् ।
Chesko 1स्रोतका अनुसार ‘जिष्म’ नाम राखेर निर्देशक राजु गिरीले चलचित्र विकास बोर्डको अनुमति नै नलिईकन फिल्मको छायांकन सुरु गरेपछि बोर्डको दबाबमा प्रहरीले फिल्म युनिटलाई केही समय अघि पोखराबाट नियन्त्रणमा लिएको थियो । तर निर्देशक राजुले बोर्डसँग क्षमा माग्दै अर्चनाकै नाम राखेर फिल्म बनाए पनि फिल्मको सुटिङका अर्की कलाकार सुभेक्षा थापासँग उनको झगडा परेको थियो । जसकारण उक्त फिल्मको सुटिङ रोकिएपछि अर्चना ‘छेस्को’तिर लागेकी थिईन् ।