‘नझुक्किनुहोस् हामी वामपन्धी होइनौं’ – डा. भट्टराई

0 7

ournepalnews====1

इटहरी, वैशाख १९ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पछिल्लो समयमा नेपालको राजनीति भ्रष्ट र जनहित विपरितको भएको बताएका छन् । शनिबार सुनसरीको इटहरीमा प्रदेश नम्वर १ को बृहत सभामा बोल्दै उनले देशको राजनीति आफैंमात्र मोजमस्तीमा रमाउनेहरुको भिडतन्त्र बन्दै गएको आरोप लगाए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले भने, “हिजो भुक्के चप्पल लगाएर गाउँघरमा राजनीति गर्नेका आज काठमाण्डौमा ठूला–ठूला महल ठडिएका छन्, यहीबाट प्रष्ट हुन्छ राजनीति भ्रष्ट र अनियमितता गर्नेहरुको कब्जामा गएको छ ।” उनले भने, “अब भ्रष्ट राजनीतिबाट नेपाली जनतालाई मुिक्त दिलाउन हाम्रो पार्टीले अभियान छेड्नेछ ।

” डा. भट्टराईले भित्रैभित्रै झुक्ने र बाहिर भुक्ने ठूला राजनीतिक दलका नेताहरुको दैत चरित्रका कारणले नेपालको छवि विश्वमाझ धमिलिएको बताए । ठूला दलहरु प्रति लक्षित गर्दै उनले भने, “अधिकांश काँग्रेस, एमाले र एमाओवादीका नेता भारत र चीनसँग समदुरीको सम्वन्ध राख्नुको सट्टा भित्रैभित्रै गुलामी गरिरहेका छन्, हामी दुवै मुलुकसँग समदुरीको सम्वन्ध स्थापित गर्न चाहन्छौ ।

अर्को प्रशंगमा संयोजक डा. भट्टराईले अरबौंको नोक्सानी भएको विनासकारी भूकम्पमा परेका हजारौं नेपालीले एक बर्षसम्म पनि न्यूनतम राहत पाउन नसकेकोप्रति चिन्ता व्यक्त गरे । उनले ठूला राजनीतिक दलले आफ्ना कार्यकर्ता पोस्ने काम मात्र गरेका भूकम्पपीडितलाई नहेरेको आरोप लगाए ।

डा भट्टराईले ठूला तीन दलप्रति जनताको विश्वास घटिसकेको बताउदै उनको पार्टी नयाँ शक्ति वैकल्पिक शक्तिको रुपमा उदाउने बताए । आफ्नो पार्टी वामपन्थी धारको नभएको स्पष्ट पार्दै उनले भने, “हाम्रो पार्टी वामपन्धी खालको देखिन गएको पनि हुनसक्छ, तपार्इँहरु नझुक्किनुहोस् वास्तवमा यो पूर्ण लोकतान्त्रिक पार्टी हो ।

” एक सय २७ अांैं मई दिवसका अवसरमा अयोजित कार्यक्रममा सुनसरी जिल्ला संयोजक नरेन्द्र बस्नेत मुमाराम खनाल, डम्वर खतिवडा, केशव दाहाल, राजेन्द्र किराती परश्ुराम खापुङ, खेम प्रधानलगायतले पनि आफ्नो धारण राखेका थिए ।