प्रधान सेनापति सम्मानित

April 30 2016 03:44

काठमाण्डौ,वैशाख १८। प्रधान सेनापति राजेन्द्र क्षत्री हल अफ फेममा सम्मानित भएका छन् ।

अमेरिकी सेनाको वार कलेज कार्लिस ब्यारेक पेन्सिभिनिय तालिम लिएका प्रधान सेनापति क्षत्रीको सम्मानमा आयोजित हल अफ फेम सेरेमोनीका क्रममा उनको तस्बीर राखी सम्मान गरिएको नेपाली सेनाले जनाएको छ ।

उक्त सम्मान कार्यक्रममा ७३ राष्ट्रका करीब ४०० वरिष्ठ सैनिक र कूटनीतिज्ञ सहभागी रहेको सेनाले बताएको छ ।

अमेरिकी सेनाका शिक्षण संस्थाबाट तालिम लिएर उच्च ओहोदामा पुग्ने शिक्षार्थीलाई यस्तो सम्मान दिने प्रावधानअनुरुप प्रधान सेनापति क्षत्रीलाई सम्मान प्रदान गरिएको हो ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top