मुम्बई इन्डियन्सको छ विकेटको जित

0 11

rohit-ipl-m

रोहितको कप्तानी पारी

 काठमाण्डौ, वैशाख, १७ । कप्तान रोहित शर्मा ६८ रनकोे योगदान दिएपछि  इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इण्डियन्स् विजयी भएको छ .

गएराति भएको खेलमा उसले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको हो ।
कोलकाताले दिएको १७५ रनको लक्ष्य मुम्बई इन्डियन्सले १८ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

मुम्बईका लागि कप्तान रोहितबाहेक किरोन पोलार्डले पनि ५१ रनको अविजित पारी खेले । त्यस्तै, कोलकाताका लागि सुनिल नारायणले दुई विकेट लिए ।
यसअघि, टस हारेर व्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । कोलकाताका कप्तान गौतम गम्भीरले सर्वा्धिक ५९ रन बनाए।
भारतका विभिन्न सहरमा जारी प्रतियोगितामा कोलकाता ६ खेलबाट ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावतै रहँदा ८ खेलमा ४ जित निकालेको मुम्बई तालिकाको तेस्रो स्थानमा पुुग्न सफल भएको छ .