असहज आपूर्तिका बीच सांसदहरु जिल्ला भ्रमणमा

0 9

par
काठमाण्डौ, वैशाख १५ । आपूर्तिको दीर्घकालीन समाधानको उपाय खोज्न भन्दै सांसद्हरु आपूर्ति र उपभोक्ताको हित सम्बन्धी विषय अध्ययन गर्न मुस्ताङ जान लागेका छन् ।
व्यवस्थापिका संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका ६ जना सांसद् वैशाख १६ गतेबाट मुस्ताङ भ्रमणमा निस्कन लागेका हुन् । यही वैशाख १६ देखि २१ गतेसम्म कास्की र मुस्ताङको भ्रमण गर्ने सांसद्हरुको टोलीमा महेन्द्र शेरचन, नागेन्द्र थारु, चन्द्र महर्जन, कञ्चनचन्द्र बादे, जनक बुढा र शयन्द्र वान्तवा छन् । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले भ्रमणमा जाने सांसद्हरुको सूचीलाई स्वीकृत गरेको छ ।
यसअघि, आपूर्ति र उपभोक्ताको हित सम्बन्धी विषय, उद्योगी व्यवसायीका समस्या र उत्तरी नाका चालु गर्ने विषयमा अध्ययन भ्रमणका लागि स्वीकृति दिन समितिले सभामुख ओनसरी घर्तीलाई अनुरोध गरेको थियो ।
औद्योगिक क्षेत्रहरुलाई पूर्ण क्षमतामा संचालन गर्न तथा नयाँ औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको स्थापना गर्नुपूर्व अध्ययन अनुसन्धान गर्न जरुरी भएकाले उद्योग मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । औद्योगिक क्षेत्रभित्र करिब एक सय ९५ औद्योगिक भवन तथा ४६ गोदाम छन् । बैठकमा उद्योग सचिव सूर्यप्रसाद सिलवालले ती सबै भवन प्रयोगमा आउन नसकेको बताएका थिए ।
सांसदहरुको जिल्ला भ्रमण जारी रहँदा सरकारले भने आपूर्ति व्यवस्था सहज तुल्याउन सकेको छैन । जसका कारण काठमाडौवासी