गोर्खा सैनिक भर्तीमा अब महिला पनि!

0 8

काठमाण्डौ, वैशाख १४ ।सभामुख ओनसरी घर्तीमगरको अनुरोधमा बेलायतले आफ्नो सेनामा नेपाली महिलालाई पनि भर्ती गर्ने भएको छ।

यसअघि नेपाली युवकले मात्र बेलायती सेनामा भर्ती हुने अवसर पाउँदै आएका थिए। बेलायत भैमणबाट फर्केपछि आफ्नो कार्यकक्षमा सोमबार पत्रकारहरुसँगको कुराकानीमा सभामुख घर्तीले भनिन्,‘नेपाली महिला पनि बेलायती सेनामा भर्ती हुने भएका छन्।’

बेलायती अधिकारीले सभामुख घर्र्तीसँग बेलायती सेनामा नेपाली महिलालाई भर्ती गर्दा के होला भनी परामर्श गरेका थिए। घर्तीले आफूले बेलायती अधिकारीलाई दिएको जवाफ फर्काइन्,‘नेपाली महिला नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा कार्यरत छन्। तपाईंहरुले पनि आफ्नो सेनामा नेपाली महिलालाई लिन सक्नुहुन्छ।’

अन्नपूर्ण पोस्टमा समाचार छ- बेलायती अधिकारीहरुले आफूहरुको सल्लाहपछि यस विषयमा निर्णय लिने प्रत्युत्तर दिएको घर्तीले बताइन्।