भूकम्पपीडितलाई उपलव्ध गराउने ऋण कागजमै सिमित

0 18

काठमाडौं बैसाख ११ । सरकारले भुकम्प पिडितकालागि आवास (घर) निमार्ण गर्न दिने भनिएको सहुलियत दरको ऋण कागजमै मात्र सिमित हुने भएको छ । गत वर्ष भूकम्प जानेवित्तिकै सरकारले सहुलियत दरमा ऋण उपलव्ध गराउने र सस्तोमा ऋण प्रवाह गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको वर्षदिन विति सग्दा समेत हालसम्म बास्तवितक पिडितहरुले सो ऋण लिन पाएका छैनन ।

सरकारी निर्देशन पछि राष्ट्र बैंकले भूकम्पपीडितलाई घर निर्माका लागी २ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने भनिएपनि अझै पिडित ले ऋण नपाउदाँ सो निर्णय मात्र कागज र लोकप्रियताकालागि मात्र गरिएको पिडितहरुको भनाई  छ । तत्काल राष्ट्र बैंकको यस्तो प्रकारको घोषणाले भूकम्पपीडितहरुमा आशाको मात्र  त पलायो तर त्यो आशाको  पुरै खडेरिले सुकेको घासजस्तै भएको छ ।

बैंकहरुले १०÷१२ प्रतिशत ब्याजमा मात्रै घर बनाउन कर्जा दिइरहेका बेला सरकारले २ प्रतिशतमै कर्जा दिने बताएको थियो । भूकम्पले भत्किएका घर बनाउन काठमाडौं उपत्यकामा २५ लाख र उपत्यका बाहिर १५ लाख रुपैयाँसम्म ऋण पाउने राष्ट्र बैंकले व्यवस्था गरेपनि त्यो अझै सहज हुन सकेको छैन । सरकारकै तथ्यांकअनुुसार ८ लाखभन्दा बढी निजी घरहरु पुनर्निर्माण गर्नुपर्ने छ । तर, हालसम्म भूकम्प पीडितले १ करोड ४० लाख रुपैयाँमात्रै कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ ।

सरकारले प्राविधिक पक्षहरुको ख्याल नगरी मानवीय संवेदनामा बगेर भूकम्प पीडितको मन जित्न यस्तो घोषणा गरेको आरोप पिडितहरुले बताएका छन् । विभिन्न कार्यक्रममा गभर्नर डा। चीरञ्जीवी नेपालले सरकार र राष्ट्र बैंकले गरेको घोषणा सस्तो लोकप्रियताका लागि नभएको बताउदै आएपनि उनले भने झै अझै हुन सकेको छैन् ।

कार्यविधि अनुसार केही ऋण प्रवाह भइसकेको र धेरैचाहिँ प्रक्रियामै रहेको उनले बताएका छन् । को कस्ताले ऋण लिएभन्ने बारे भने कुनै खुलाइएको छैन । राष्ट्र बैंकले तयार पारेको कार्यविधि अनुसार भूकम्पपीडितहरु बैंकबाट ऋण लिन अयोग्य ठहरिएपछि लोकप्रियताका लागि ल्याएको योजनाको रुपमा पिडितहरुले चित्रण गरेका छन् ।

राष्ट्र बैंकले ‘होम लोन प्रोडक्ट’ अनुसार ऋण दिने भन्ने कार्यविधि तयार गरेको छ । जसअनुसार अधिकांश भूकम्प पीडितहरु होम लोन लिन योग्य छैनन् । कार्यविधिमा घर बनाउनका लागि दुई प्रतिशतमा बैंकबाट ऋण लिन भूकम्पले घर भत्काएर मात्रै पुग्दैन । त्यहाँसम्म मोटरबाटो पुगेको हुनुपर्छ र ऋणीसँग ऋण तिर्न सक्ने पर्याप्त आधार हुनुपर्छ ।

सो अनुसार सामान्य अवस्थामा पनि भूकम्पले अतिप्रभावित जिल्लाका पीडितहरु बैंकबाट ऋण लिन योग्य ठहरिँदैनन् । गर्भनर डा। नेपाल भुकम्प पिडितहरुले ऋण माग्न जाँदा बैंकबाट ऋण नपाएमा राष्ट्र बैंक वा आफुलाई फोन गर्न सर्वसाधारणलाई अपील गर्दै हिँड्ने गरेपनि सो भनाई अनुसार उनले आफ्नो बचन पुरा गर्न सकेका छैनन् ।

गर्भनरले नेपालले भने, ‘सम्पूर्ण कागजात पु¥याउँदा बैंकले २ प्रतिशत व्याजमै ऋण नदिए राष्ट्र बैंकमा उजुरी गर्नुहोस, राष्ट्र बैंकले तपाईलाई २ प्रतिशत व्याजमै ऋण उपलब्ध गराउँछ ।’ एक वर्षको अवधिमा गभर्नरले दर्जनौ सार्वजानिक रुपमै आहृवान गदै आएका थिए ।

ऋण लिनका लागि ऋणीले बैंकमा अनिवार्यरुपमा धितो घर वा जग्गा राख्नुपर्छ । २५ लाख रुपैयाँ ऋण लिने हो भने तपाईसँग कम्तिमा बैंकका प्रतिनिधिले गरेको ५० देखि ६० लाख रुपैयाँ मूल्यांकन गरेको धितो हुनुपर्छ । बैंकहरुले धितो मूल्यांकनको ४० देखि ५० प्रतिशत मात्रै ऋण दिन्छन् ।