पूर्वप्रधानमन्त्री संगठित बनाउने अभियानमा नेपाल सक्रिय

0 3

काठमाडौं,बैशाख ११ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल सार्क राष्ट्रका पूर्वप्रधानमन्त्रीहरुको संगठन बनाउन लागिपरेको छन्। सार्क राष्ट्रबीच एकता र समझदारी बढाउन तथा सार्कको गरिमा बढाउन पूर्वप्रधानमन्त्रीहरुको संगठन आवश्यक रहेको भन्दै नेपाल आन्तरिक तयारीमा जुटेका हुन्।

एसियाली राष्ट्रका राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलनका संस्थापकसमेत रहेका नेपालको सार्कका पूर्वप्रधानमन्त्रीहरुको एकउटा छुट्टै संगठन हुनु पर्ने धारणा बनाएर सम्मेलन गराउन लागेका छन्।

एसियाली राष्ट्रका राजनीतिक दलहरुको संगठन बनाउन आफ्नो अहम भूमिका रहेको बताउने नेपालले सार्कका पूर्वप्रधानमन्त्रीहरुको संगठनले पनि चाँडै मवूर्तरुप लिने विश्वास व्यक्त गरे। सार्क राष्ट्रका पूर्वप्रधानमन्त्रीहरुको संगठन बनाउने समितिका संयोजक रहेका नेपालले विभिन्न माध्यमले सार्कका सबै देशका पूर्वप्रधानमन्त्रीहरुको संगठन बनाउने समितिका संयोजक रहेका नेपालले विभिन्न माध्यमले सार्कका सबै देश पूर्वप्रधानमन्त्रीसित सम्पर्क बनाइरहेका छन्। नागरिक दैनिकमा समाचार छ।

You might also like More from author