राजतन्त्रलाई घुँडा टेकाएको एक दशक: जनताको चाहना अधुरै,अभाव,महँगी मौलायो

0 8
 Rind raod julus

काठमाडौं,बैशाख ११ । ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफलभई निरंकुश राजतन्त्रलाई घुँडा टेकाएको आज एक दशक पुरा भएको छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि नेपाली कांग्रेससहितका तात्कालीन सात दलले विघटित प्रतिनिधि सभा पुनस्र्थापनाको माग बोकेर सडकमा ओर्लिएर १९ दिनपछि आन्दोलनले सफलता प्राप्त गरेको आज एक दशक पूरा भएको हो ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता र शक्ति आफ्नो हातमा लिएपछि प्रमुख सात दलले आन्दोलन सुरु गरेपछि १९ दिने आन्दोलनपछि आजैकै दिनमा बैशाख ११ गते जनताको हातमा आफूले लिएका सबै शक्ति र सत्ता फर्काउन राजा ज्ञानेन्द्र सहमत भएपछि आन्दोलन टुंग्एिको थियो ।

दिल्लीमा सात दल र माओवादीबीच निरंकुश राजतन्त्र अन्त्य गरी लोकतन्त्र स्थापना गर्न १२ बुँदे समझदारी भएपछि अगाडि बढेको शान्तिपूर्ण आन्दोलनमार्फत् नेपालीले लोकतन्त्र प्राप्त गरेका हुन् । ०६२/६३ को जनआन्दोलनमा २५ जनाले ज्यान गुमाएका थिए भने धेरै आन्दोलनकारी घाइते तथा अंगभंग भएका थिए ।

यही आन्दोलनमार्फत सशस्त्र जनयुद्ध गरिरहेको माओवादीको शान्ति प्रक्रियामा आगमन भएको हुँदा यो आन्दोलनको विशेष महत्व रहेको छ । सामन्ती राजतन्त्रको अन्य भएर गणतान्त्रिका व्यवस्थाको सुरुवाता भएको १० वर्ष पूरा हुँदा पनि जनताका चाहना भने पूरा हुन सकेका छैनन् ।

यस अवधिमा जनताका राजनीतिक माग पूरा भएपनि ती जनतासँग जोडिएका जनजीविका मुद्दा भने अझै पनि आशातित प्रगति हुन सकेको छैन । राजनीतिक प्रणाली फेरिए पनि महँगी, अभाव, बेरोजगारी जस्ता मुद्दा जस्तातस्तै छन् । ताथापी संविधानसभाबाट नयाँ संविधान जारी भएको छ । बरु जनआन्दोलन दबाउने भूमिकामा रहेकाहरुलाई राज्य सञ्चालकहरुले एकपछि अर्को गर्दै पुरस्कृत गर्दै लैजाँदा आज उनीहरुकै हाली मुहाली चल्न थालेको छ । आन्दोलनपछि दण्डित गर्न सिफारिस गरिएकाहरुलाई न्यायको डण्डा थामाउँदा त्यसको दूष्परिणामहरु भटाभट देखिँदै छ ।