नयाँ शक्तिले बैशाख १२मा स्मृतिसभा गर्दै

0 14

काठमाडौं, वैशाख १० । नयाँ शक्ति नेपालले २०७२ बैशाख १२ र २९ को भूकम्पका कारण ज्यान गुमाउनेहरुको स्मृतिमा सभा गर्ने भएको छ । न्युरोडको जुद्ध शालिकअगाडि आइतबार ( वैशाख १२) विहान ७ः०० बजेदेखि ८ः०० बजेसम्म स्मृतिसभा हुनेछ । यसअघि भूकम्पले ढालेको धरहराको फेदमा गर्ने तय भएकोमा स्थान परिवर्तन भई जुद्ध शालिकअगाडि सभा हुने निश्चित भएको हो ।

पूर्वप्रधानमन्त्री तथा नया“ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, डा. चुन्दा बज्राचार्य, कवि दुर्गालाल श्रेष्ठ लगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा सभा हुनेछ । एक वर्ष वितिसक्दा पनि पीडितहरुले उचित राहत प्राप्त गर्न नसकिरहेको र द्रूत गतिमा अघि बढ्नुपर्ने पुनःनिर्माण काम पनि हुन नसकिरहेको सन्दर्भमा सो का निम्ति दबाब दिन र मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि स्मृतिसभा हुन लागेको हो ।