मृत्युको मुखबाट फर्केका सेलिब्रेटी

0 46

Celebrity

मुम्बई । कलाकारहरु दर्शकलाई मनोरञ्जन दिनका लागि निकै मेहनत गर्छन् । तर धेरै पटक यसरी नै मेहनत गर्दा उनीहरु मृत्युको मुखबाट फर्केका उदाहरण पनि धेरै छन् । बलिउडका यस्ता केही कलाकारहरु छन्, जो सुटिङका बेला मृत्युलाई नजिकबाट नियालेर जीवित बने ।

सनी लियोनी
फिल्म ‘वन नाइट स्टैंड’ को सुटिङका बेला सनी लियोनी पनि यस्तै एउटा दुर्घटनाको शिकार बनिन् । उनले एक रोमान्टिक गीतका लागि फिल्मका कोस्टार तनुज विरमानीसँग समुन्द्रको किनारमा सुटिङ गरिरहेकी थिईन् । त्यो दिन मौसम पनि निकै खराब थियो र समुन्द्रमा पानीको छाल पनि निकै बढी रहेको थियो । तर पनि दुवैजना सुटिङका लागि तयार भए । सुटिङको सट लिईरहेको बेला दुवैजना समुन्द्रको बहावसँगै बगेका थिए । फिल्मको युनिटले उनीहरुलाई दुईपटक पानीबाट बाहिर निकाले पनि अर्को पटक पुनः उनीहरु पानीमै परे । तर त्यही बेला एउटा उद्धार टोलीले उनीहरुलाई तुरुन्तै पानीबाट बाहिर निकालेको थियो ।

ऐश्वर्या राय

ऐश्वर्या राय सन् २००४ मा फिल्म ‘खाकी’को सुटिङ गरिरहेकी थिईन् । त्यही बेला एउटा अनियन्त्रित जीपले उनलाई ठक्कर दिएर भागेको थियो । जीपले ठक्कर दिएपछि उनी सडक छेउको झाडीमा लडेकी थिईन् । उनलाई तुरुन्तै अस्पताल भर्ना गरिएको थियो ।

सलमान खान

सलमान खान सन् २००३ मा फिल्म ‘तेरे नाम’को सुटिङका बेला यस्तै दुर्घटनामा परे । फिल्मका लागि उनी रेलको अगाडि हिड्नु पर्ने थियो । त्यो बेला उनलाई अचानक रेल आफु नजिक आएको हो कि जस्तो लाग्यो । उनको ज्यान बचाउनका लागि फिल्मका अर्का एक कलाकारले उनलाई धकेलेर लिक बाहिर ल्याईदिएका थिए ।

अमिताभ बच्चन

अमिताभ बच्चन सन् १९८३ मा मनमोहन देसाईको फिल्म ‘कुली’को सुटिङ गरिरहेका थिए । त्यो बेला पुनित इस्सरसँगको एक द्वन्द्व दृश्यमा उनी घाइते भए र तुरुन्तै उनलाई अस्पताल पु¥याउनु प¥यो । यो बेला उनको मृत्युको खबर पनि मिडियामा आएको थियो । उनी ठिक हुनका लागि देशभरका फ्यानले प्रार्थना र पुजा गरेका थिए ।

आयशा टाकिया

फिल्म ‘डोर’को क्लाइमेक्स सुटिङको बेला आयशालाई कुदिरहेको रेल समाउनका लागि भाग्नु पर्ने दृश्य थियो । यो बेला उनको खुट्टा अचानक चिप्लिए पछि उनी झण्डै ट्रेनमा च्यापिएको थिईन् ।

ऋतिक रोशन

फिल्म ‘कृष’को सुटिङका बेला ऋतिक एउटा तारको मद्धतले अग्लो भवनमा चढिरहेका थिए, त्यही बेला उनी अचानक तार चुडिएपछि उनी खसेका थिए । तर जमिनमा राखेको सेफगार्डले उनी बाँचेका थिए । समाचार अनुसार उनी ६० फिट माथिको उचाईबाट तल झरेका थिए ।