चिनियाँ जहाज खरिदले निगम समस्यामा

0 3

download (1)

    काठमाडौ, वैशाख  ६  ।  चर थान खरिद गर्दा दुइटा सित्तैमा पाइने चिनियाँ स्क्रिम अनुसार ल्याइएका जहाज नेपाल वायुसेवा निगमलाई घाँडो भएका छन्।

पहिलो खेपमा ल्याइएका दुई जहाजमध्ये एउटा ६ महिना र अर्को एकसातादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किरहेका छन्। यी जहाजबाट उल्टै घाटा बेहोर्नुपर्दा निगमको अलिअलि भएको छवि पनि धूमिल भइरहेको  छ ।

चिनियाँ जहाज उडाएर सञ्चालन खर्च पनि निकाल्न मुस्किल छ, निगमका कर्पोरेट डाइरेक्टर तथा पवक्ता रामहरि शर्माले भने,‘हामीले कहिल्यै पनि चिनियाँ जहाज ल्याउँछौं भनेका थिएनौं, हाम्रो व्यापारिक योजनामा पनि थिएन तर परिस्थिति यस्तो आइलाग्यो कि चिनियाँ जहाज हाम्रै भागमा पर्न गयो।’

निगमले २०७१ वैशाख १४ मा ५६ सिट क्षमतायुक्त मोडर्न आर्क एमए–६० र कात्तिक १७ मा १८ सिटे वाई१२–ई जहाज काठमाडौं ल्याएको थियो। नागरिक दैनिकमा समाचार छ।

You might also like More from author