नुवाकोटे टाइगरलाई बेल्ट

0 10

IMG_5626

काठमाडौ, वैशाख ५ । नेपाल रिङ्ग रेस्लिङ्ग संघको आयोजनामा शनिवार (४ बैशाख) शरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा नेपालका नुवाकोटे टाइगरको टिमले बेल्ट जितेको छ ।

नुवाकोटे टाइगर र जापानका काराइकाजेरहेको टिमले पुरुष ट्यागटिमको फाइनल इभेन्टमा न्युजिल्यान्डका राल्डेन र अमेरिकाका बुफाजस्ता शक्तिशाली रेस्लरलाई आकर्षक रुपमा पराजित बेल्ट आफ्नो नाममा बनाएका हुन् । जित पश्चात नुवाकोट टाइगरले नेपालमा रेस्लिङको सम्भावना प्रचुर रहेको बताए । टाइगरेको टिमले अघिल्लो चरणको खेलमाता इवानकाडो नी र जापानको येजिलेको जोडीलाई आउट गरेको थियो भेन बुफाको जोडीले नेपालका कोजु र चिनका चेन दोङ्गको जोडीलाई हराएको थियो ।

त्यसैगरि थ्रि वे ट्याग टिम म्याचमा सिंगापुरका युरासियन ड्रागन, नेपालका सिक्सवाननाइन र बाबायुउको जोडीले मलेसियाकागुयान, किंगकोब्रा र युभको जोडीलाई हरायो ।
त्यसैगरि थ्री वे कर्नर महिलाटिमको म्याचमामंगोलियाको योसिकाले जापानकीनानाइताकाहासी र प्रतियोगितामा जापानका रेफ्री नाकामुरा, नेपालकी रेफ्री तथा रिङ्ग रेस्लिङ्ग संघकी अध्यक्ष सुनिताथापा र कुवेर केसीले रेफ्रीको भुमिका निर्वाह गरेकाथिए ।
यस अघिप्रधानमन्त्री केपी शर्मा ओलीले एक भव्य समारोहबिच रेस्लिङ्गको उद्घाटन गरेकाथिए । उनले उद्घाटन समारोहमा प्रतियोगिता सुरु भएको घोषणागर्दै भने, ‘अन्तर्राष्ट्रिय म्याचहरु नेपालमा हुनु सुखद् पक्ष बताएका थिए ।’

उनले नेपालका खेलकुदको विकास र विस्तारका लागि सहकार संवेदनसिल रहेको बताए । ‘देशको समृद्धिको मापन खेलकुदले गर्ने गर्दछ । खेल क्षेत्रलाई अगाडी बढाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ उनले भने । ओलीले एक म्याच रमाइलोपूर्वक अवलोकन गरेका थिए । उनले पहिलो राउन्डको खेल विजेता अमेरिकाबुफा र न्युजिल्यान्डलाई राल्डेनलाई मेडलसमेत प्रधान गरे । उद्घाटन सत्रमाओलीले रेस्लिङको प्रवद्धनमालागेको जापानजिरो प्लसकासिइओ तथाअन्तर्राष्ट्रिय रेफ्रीनाकामुरालाई सम्मान समेत गरेका थिए । ओलीले विजेतालाई प्रदान गरिने बेल्ट पहिरिएर पदर्शन गर्दा सबैले उत्साहितभएकाथिए । कार्यक्रममा सुचनातथा संचार मन्त्री शेरधनराई, सांसद विनोद श्रेष्ठ, राखेपकापुर्व उपाध्यक्षपिताम्बर तिमल्सिना, संघकीअध्यक्ष सुनिताथापा, महासचिव सुवर्ण श्रेष्ठलगायतको उपस्थितिथियो ।