ग्रान्डी अस्पतालको नयाँवर्ष बिशेष स्वास्थ्य परीक्षण प्याकेज

0 3

GRANDI

काठमाण्डौ,वैशाख ३ । नयाँवर्षको अवसरमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आकर्षक छुट सहित विभिन्न हेल्थ(प्याकेजहरू ल्याएको छ ।
प्याकेज अन्तर्गत वैशाख २ देखि बैशाख ८ सम्म अस्पतालको वेलनेश सेन्टरमा कार्डियाक प्याकेज, अर्थोपेडिक प्याकेज, गाइनेकोलोजी प्याकेज, डर्माटोलोजी प्याकेज र डायबेटिज प्याकेजमध्ये आफ्नो आवश्यकता अनुसार कुनै एउटा हेल्थ प्याकेजमा दुईहजार त्रिहत्तर रुपैंयाँमा स्वास्थ्य परीक्षण गराउन सकिनेछ ।

कार्डियाक प्याकेजमाः इसिजी, एको, सिबिसी, ब्लड सुगर फास्टिङ, क्रियाटिनिन, युरिन रुटिन, लिपिड प्रोफाइल, युरिक एसिड र कार्डियाक कन्शल्टेसन समाबेश गरिएको अस्पतालले जनाएको छ ।

अर्थोपेडिक प्याकेजमाः अर्थोपेडिक कन्शल्टेसन, बिएमडि ( बोन मिनरल डेन्सिटी ९हाडको बलियोपन जाँच गर्ने० र सि बि सी ९कम्प्लीट ब्लड काउन्ट० रगत सम्वन्धि जाँच र गाइनेकोलोजी प्याकेजमाः गाइनोकोलोजी कन्शल्टेसन, म्यामोग्राफी र प्याप स्मियर टेस्ट गराउन सकिनेछ ।

त्यसैगरी डर्माटोलोजी प्याकेजमाः डर्माटोलोजी कन्शल्टेसन र लेजर सफ्ट पिल तथा डायबेटिज प्याकेजमाः इन्डोक्राइनोलोजि कन्शल्टेसन, डायटिशियन कन्शल्टेशन, ब्लड सुगर फास्टिङ, ब्लड सुगर पिपि, क्रियाटिनिन, युरिन रुटिन, लिपिड प्रोफाइल र युरिक एसिड परीक्षण पनि समाबेश गरिएको अस्पतालले जनाएको छ ।

उच्चरक्तचाप, मुटुरोग, हाडजोर्नी सम्बन्धि समस्याहरु, मधुमेह, स्त्री तथा प्रसुति रोग लगायतका समस्याहरु बढ्दै गएको अवस्थामा सर्वसाधारणलाई स्वास्थ्यप्रति जागरुक बनाउन र रोगहरुको समयमै निदान गरी भविष्यमा आउनसक्ने जटिल अवस्था रोकथाम गर्न प्याकेज ल्याइएको बताइएको छ ।

जनस्वास्थ्य प्रतिको राष्ट्रिय उत्तरदायित्व बोधगरी ग्रान्डी अस्पतालले अघि सारेका यि स्वास्थ्य परिक्षण प्याकेजहरु सर्बसाधारणको पहुँचमा पुर्याउन अतुलनीय न्यून शुल्कमा ल्याइएको अस्पतालको दाबी छ ।